― Advertisement ―

तपाईंले Microsoft Clippy डेस्क खेलौना किन्दै हुनुहुन्छ जस्तो देखिन्छ। तपाईं मद्दत चाहनुहुन्छ?

Microsoft को मस्कट, Clippy भर्खरै समाचारमा फर्किएको छ icon lipc लाई ह्याकरहरूले प्रयोग गरेपछि। data-analytics-id="inline-link" href="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" target="_blank" data-url="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" data-hl-processed="none" data-article-category-processed="none" data-article-category-processed="fr-link" data-before-rewrite-localise="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy">फ्लोग स्क्याम क्रिप्टो...
Homeराष्ट्रिय समाचारमहोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध



१३ कात्तिक, जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

बुधबार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

उनका अनुसार कालो ज्याकेट लगाएको मान्छेले चलाएको मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै स्थानीयले आज कटुधारमा आज बिहान ११ बजेदेखि हाुलाकी राजामार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने शर्तमा सडक अवरुद्ध खोल्न तयार रहेको स्थानीयले बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More