― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsमहेश बस्नेत – KhabarHost

महेश बस्नेत – KhabarHost



८ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास निर्माण गर्न चन्दा नउठाउने बताएका छन् ।

ओली निवास निर्माणका लागि गुण्डुबासीले नै योगदान गर्ने नेता बस्नेतको दाबी छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास जलेपछि ओली भक्तपुरकै गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।

अध्यक्ष ओलीका लागि अब बन्ने निवासलाई एमाले नेताहरूले ‘ओली कुटी’ नाम दिएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन । गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो ।’

गुण्डु नेता बस्नेतको निर्वाचन क्षेत्र समेत हो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ओलीलाई नेपाली सेनाले  सुरक्षार्थ मकवानपुरको सुपारीटार ब्यारेक लगेको थियो ।

त्यसको १० दिनपछि ओली सुपारीटारबाट सोझै गुण्डुस्थित भाडाको घरमा गएका थिए । एमाले नेता बस्नेतकै पहलमा ओलीलाई गुण्डुमा भाडाको घर खोजिएको थियो । अब ओलीका लागि सोही क्षेत्रमा नयाँ आवास निर्माण गरिने बस्नेतले बताउँदै आएका छन् ।

ओलीका लागि नयाँ घर निर्माण गर्ने चर्चापछि चन्दा दिन खोज्नेहरू समेत आएको भन्दै नेता बस्नेतले त्यस्तो कुनै योजना नभएको दाबी गरे ।

उनले भने, ‘कतिपय साथीहरुले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ । कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । चन्दा उठाउने कुनै योजना छैन । कसैसँग पनि चन्दा उठाइँदैन, यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More