― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsमहिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य – KhabarHost

महिला क्रिकेटमा नयाँ इतिहास रच्‍ने लक्ष्य – KhabarHost


नेपाली महिला क्रिकेट टोलीले टी-२० विश्वकपको एसिया छनोट पार गरेर एउटा नयाँ अध्यायको सुरुवात गरेको थियो । अब त्यही टिमलाई अर्को अध्यायमा प्रवेश गर्ने चुनौती छ ।

राष्ट्रिय

समाचार.

  • नेपाली महिला क्रिकेट टोलीले ग्लोबल छनोटमा स्थान बनाएर पहिलोपटक महिला टी-२० विश्वकप खेल्ने लक्ष्य राखेको छ।
  • नेपाली टोलीको कप्तान इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टोली आगामी जनवरीमा घरेलु मैदानमा ग्लोबल छनोट खेल्नेछ।
  • टिमका नयाँ प्रशिक्षक हर्षल जयन्त पाठकले नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याउने लक्ष्य राखेका छन्।

२७ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले गत जेठमा भएको महिला टी-२० विश्वकपको एसिया रिजनल छनोट पार गरेर इतिहास रचेको थियो । महिला क्रिकेट इतिहासमै एसिया छनोटभन्दा अगाडिको यात्रा तय गर्न नसकेको अवस्थाबाट नेपालले ग्लोबल छनोटमा स्थान बनाएर खुसीको माहोल सिर्जना गरेको थियो ।

अनुभवी खेलाडी रुबिना श्रेत्री र इन्दु बर्मासहित युवा खेलाडीहरूको समिश्रण रहेको उक्त टिमले हासिल गरेको त्यस उपलब्धिबाट नेपालका लागि अर्को नयाँ इतिहास बनाउने अवसर सिर्जना भएसँगै अझै बलिया टिमसँग खेल्ने चुनौती समेत थपिएको थियो ।

अघिल्लोपटक एसिया छनोट गुमाएकी सबैभन्दा सिनियर खेलाडी सीता राना मगर ग्लोबल छनोटका लागि टिममा फर्किएकी छन् । त्यसले टिममा थप ऊर्जा दिनेछ भने युवा खेलाडीले गरिरहेको प्रदर्शन अनि घरेलु मैदानको साथले महिला टोली एउटा अर्को इतिहास बनाउने यात्रामा हुनेछ ।

यसअघि यू-१९ महिला टिमले विश्वकप खेलिसकेको अवस्थामा सिनियर टोलीलाई पनि त्यही उपलब्धि हासिल गर्ने एक किसिमको दबाब पनि थपिनेछ । उक्त विश्‍वकपमा नेपालको नेतृत्व गरेकी पूजा महतो सिनियर टिमबाट पनि विश्वकप खेल्ने पथमा सँगै छन् ।

आगामी सातादेखि सुरु हुने ग्लोबल छनोट महिला टी-२० विश्वकप खेल्ने अन्तिम खुड्किलोका रूपमा छ र यहाँबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष ४ टिमले महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपालको १५ सदस्यीय अन्तिम टोली पनि घोषणा भइसकेको छ ।

पहिलोपटक एसिया चरणको छनोट पार गरेर ग्लोबल छनोटमा पुगे‍को नेपाली टोली अब पहिलोपटक विश्वक‍प खेल्ने लक्ष्यमा छ । तर यो यात्रा त्यति सहज भने हुने छैन ।

नेपालले समूह चरणमा आफुभन्दा माथिल्लो वरियतामा रहेका टोलीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तीमध्ये केही टोलीले विश्वकप पनि खेलिसकेका छन् ।

नेपाली टोलीको अबको मुख्य लक्ष्य विश्‍वकप खेल्ने नै हुने छ । यसका लागि नेपाली टोलीले धेरै समय अगाडि देखि नै तयारी गरेको छ ।

कप्तान इन्दु बर्माले विपक्षी जुनसुकै प्रतियोगितामा पनि बलियो नै हुने र खेलका क्रममा राम्रो प्रदर्शन गर्ने टोलीकै जित निश्चित हुने बताएकी छन् । ‘विपक्षी टिमहरू भनेको राम्रो नै हुन्छन्, हामीले खेल हुने दिनमा कस्तो प्रदर्शन गर्छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । आफ्नो तर्फबाट बेस्ट दिनुपर्छ’ उनले भनेकी छन् ।

नयाँ प्रशिक्षक, उत्साहित खेलाडी

यही छनोट प्रतियोगिताअघि नेपाली महिला टोलीको मुख्य प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका थिए । हर्षल यसअघि थाइल्यान्ड महिला टोलीको प्रशिक्षक रहेका थिए । उनकै प्रशिक्षणमा थाइल्यान्डले पहिलोपटक महिला टी-२० विश्वकप खेलेको थियो ।

पाठकको लक्ष्य नेपाललाई पनि पहिलोपटक विश्वकपमा छनोट गराउने नै हुनेछ । उनले त यसअघि नै नेपाल विश्‍वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।

खेलाडीहरू पनि हर्षलको प्रशिक्षणमा उत्साहित देखिएका छन् । कप्तान इन्दु बर्माले पाठकको नियुक्ति हुने सकारात्मक पक्ष भएको बताएकी थिइन् ।

‘उहाँको नियुक्ति हाम्रो लागि धेरै राम्रो पक्ष हो । खेल्ने त हामीले नै हो । उहाँहरूको स्किलमा काम गर्न सक्दा केही प्लस पोइन्ट हुन्छ भन्ने लाग्छ’ इन्दुले भनेकी छन् ।

उपकप्तान पूजा महतोले पनि थाइल्यान्डलाई जस्तै नेपाललाई पनि विश्वकपमा पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

बन्ला नयाँ इतिहास ?

नेपाली महिला क्रिकेट टोलीले टी-२० विश्वकपको एसिया छनोट पार गरेर एउटा नयाँ अध्यायको सुरुवात गरेको थियो । अब त्यही टिमलाई अर्को अध्यायमा प्रवेश गर्ने चुनौती छ ।

ग्लोबल छनोटको समूह चरण पार गरेर सुपर सिक्स अनि त्यहाँबाट शीर्ष ४ मा पर्न सकेमा सिनियर महिला क्रिकेट टोलीले पहिलोपटक विश्वकप खेल्नेछ । यो महिला क्रिकेटको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।

नेपालले टेस्ट राष्ट्रदेखि विश्‍वकप खेलिसकेका टिमको चुनौती पन्छाउनुपर्ने हुन्छ । नेपालले समूह चरण पार गरेर अगाडि बढ्नका लागि हाल खेलिरहेकोभन्दा बेटर क्रिकेट खेल्नुपर्ने हुन्छ ।

नेपाली महिला टिमकी प्रथम कप्तान नेरी थापाले अहिलेको टिमले राम्रो खेलिरहेको र विश्वकप खेल्न दाबेदारी दिइरहेको बताउँछिन् ।

‘हामीले मौका नपाएपनि अहिलेको टिमले मौका पाएको छ । राम्रो पनि खेलिरहेको छ टिमले । अझै राम्रो खेल्न सक्यो भने विश्वकपमा पुग्न सक्छ’ थापाले भनिन्, ‘विश्वकप छनोटमा पुग्ने टिम पक्कै पनि राम्रो हुन्छ । पहिलाको प्रतियोगिता भन्दा अझ धेरै मिहिनेत चाहिँ गर्नुपर्छ।’

नेपाली टोलीलाई घरेलु मैदानमै इतिहास रच्ने मौका छ । घरेलु मैदानमा खेल्न पाउनु भाग्यशाली भएको समेत थापाले बताइन् । ‘हामीले लामो समयसम्म पनि होम मैदानमा खेल्न पाएका थिएनौं । अहिलेक टिमले ठुलै प्रतियोगिता खेल्ने सौभाग्य पाएको छ । त्यसमा खुसी पनि लागेको छ’ उनले भनिन् ।

यू-१९ महिला टी-२० विश्वकपमा कप्तानी गरेकी पूजा महतो सिनियर टिमको उपकप्तानका रूपमा छन् । विश्वकपमा खेलेको अनुभवसँगै उनको आफ्नै क्षमता पनि अब हुने प्रतियोगितामा महत्वपूर्ण रहनेछ ।

ब्याटिङमा सुधारको आशा, बलिङमा चिन्ता उस्तै

नेपाली टोलीले घरेलु मैदानमा हुने ग्लोबल छनोटका लागि केही समयदेखि अभ्यास एवम् प्रशिक्षण गरिरहेको छ । फिटनेस केन्द्रित प्रशिक्षणबाट सुरुवात गरेको नेपाली टोलीले त्यसपछि ब्याटिङ, बलिङ र फिल्डिङका पक्षहरूमा प्रशिक्षण गर्‍यो भने केही टोलीहरूसँग अभ्यास खेल पनि खेल्यो ।

अभ्यास खेलमा गरेको प्रदर्शनबाट नेपाली टोलीको ब्याटिङमा सुधार भएको छनक देखिएको छ । अब मुख्य प्रतियोगितामा पनि यसलाई निरन्तरता दिनुपर्ने हुन्छ ।

नेपालले अमेरिकासँग दुई अनि स्कटल्यान्डसँग एक अभ्यास खेलेको थियो । तीनवटै खेलमा नेपालको ब्याटिङ मजबुत देखिएको थियो ।

अमेरिकासँगको पहिलो अभ्यास खेलमा १३९ रनको लक्ष्य पूरा गरेको नेपाली टोलीले स्कटल्यान्डसँगको खेलमा १८४ रनको लक्ष्य पछ्याउँदा जवाफमा १५६ रन बनाएको थियो। अमेरिकासँगको अर्को अभ्यास खेलमा नेपालले १५७ रनको लक्ष्य पूरा गरेको थियो ।

पूर्वकप्तान एवम् टोलीको सिनियर खेलाडी रुबिना क्षेत्रीले ब्याटिङमा पहिलेभन्दा सहज महसुस गरिरहेको बताइन् । ‘पहिलेभन्दा केही इजी जस्तो फिल भएको छ, सुधार गर्ने प्रयास गरिरहेका छौं । योभन्दा अझै राम्रो पनि गर्नुपर्छ’ रुबिनाले भनिन् ।

यद्यपी नेपाली टोलीले रन पनि खर्चिएको छ । फिल्डिङमा पनि पहिलेभन्दा सुधार देखिएको भएतापनि अझै राम्रो गर्नुपर्ने हुन्छ । पूर्वकप्तान थापाले पनि ब्याटिङ राम्रो हुँदाहुँदै बलिङ र फिल्डिङमा केही सुधार आवश्यक रहेको औंल्याइन् ।

‘हाम्रो यस्तो हो कि ब्याटरहरू राम्रो हुँदा पनि बलिङमा अलि ल्याक छ र फिल्डिङहरू स्लो हुन्छ । त्यसमा ध्यान दिनुपर्छ । फिल्डरहरू नराम्रो होइन आफ्नो ठाउँमा सबै राम्रो छन् । १०० प्रतिशतमा अली प्लस गर्नुपर्छ त्यसो हुन सके विश्वकप खेल्ने चान्स छ’ थापाले भनिन् ।

आउने पुस्तालाई प्रेरणा

नेपालको यू-१९ महिला टिमले गतवर्ष विश्वकप खेलेको थियो । अब सिनियर टिम पनि विश्वकप खेल्ने अन्तिम खुड्किलोमा छ ।यो खुड्किलो पार गर्नु महिला क्रिकेटकै उपलब्धि हुनुका साथै आगामी पुस्ताका खेलाडीहरूलाई पनि प्रेरणाका रूपमा हुनेछ ।

त्यस्तै सन् २०२७ मा हुने महिला टी-२० विश्वकप नेपालले पनि सहआयोजना गर्ने कुरा छ । पूर्वकप्तान थापाले पनि नयाँ जेनेरेसनका खेलाडीहरूलाई यी कुराहरूले धेरै प्रेरित गर्ने बताइन् ।

‘पहिला हामी खेल्ने बेला र अहिले धेरै फरक छ । पहिला हामीले यू-१९ खेल्यौं, सिनियर खेल्यौं । पहिला पनि राम्रो नै थियो’ उनले भनिन्, ‘अहिले यू-१९ टिमले पनि विश्वकप खेल्न पाइरहेको छ । घरेलु मैदानमा हुँदा नेपालको टिमलाई प्लस प्वाइन्ट पनि हुन्छ । खुशीको कुरा पनि हो पहिला भन्दा अहिले उपलब्धि पनि धेरै छ।’

‘आउने जेनेरेसनलाई मोटिभेट गर्छ नि नेपालमा यति ठूलो गेम हुन लागेको छ । जति पनि नयाँ खेलाडीहरु हुनुहुन्छ उहाँहरुलाई पनि खुशी लाग्छ । होम ग्राउण्डमा यी किसिमका प्रतियोगिताहरू हुनु राम्रो हो’ उनले भनिन् ।

•••

नेपाली टोलीले छनोट प्रतियोगिताका मुख्य खेलअघि दुई वार्म अप खेल पनि खेल्नेछ । आयरल्यान्ड र अमेरिकासँगको वार्म अप खेलपछि नेपालले समूह चरणमा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबेसँग खेल्नेछ ।

समूह चरणमा शीर्ष ३ भएर सुपर सिक्समा नेपालले अर्को समूहबाट आएका ३ टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा शीर्ष ४ मा रहन सके नेपाल विश्‍वकपमा छनोट हुनेछ ।

नेपालका खेलहरू

जनवरी १४ : आयरल्यान्डसँग वार्म अप खेल
जनवरी १६ : अमेरिकासँग वार्म अप खेल

जनवरी १८ : थाइल्यान्डसँग समूह चरणको खेल
जनवरी २२ : नेदरल्यान्ड्ससँग समूह चरणको खेल
जनवरी २४ : जिम्बाबेसँग समूह चरणको खेल
जनवरी २६ : स्कटल्यान्डसँग समूह चरणको खेल

नेपालको टोली





Read More