― Advertisement ―

नयाँ डेटाले वास्तविक कार्यस्थलको निर्णय लिने क्रममा शुद्धता पिट्ने गति देखाउँदा उच्च कमाउनेहरूले चुपचाप एआई प्रयोगलाई सुस्त बनाउँछन्

शीर्ष कमाउनेहरूले AI काट्ने निर्णय गर्नु अघि उपकरणहरू प्रयोग गर्न नदिने पूर्वनिर्धारित गर्नुहोस्। विचारहरूकार्यकारीहरूले अब एआई कार्यप्रवाहहरूमा गतिमा शुद्धता र त्रुटि रोकथामलाई प्राथमिकता दिन्छन्मध्य-स्तरका...
HomeLatest newsमहाधिवेशन उद्घाटन सत्रको निम्तो बाँड्दै घरदैलोमा एमाले नेताहरू

महाधिवेशन उद्घाटन सत्रको निम्तो बाँड्दै घरदैलोमा एमाले नेताहरू


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने अभियान सुरु गरेको छ।
  • एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट अभियानको थालनी गरेका थिए।
  • मंसिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारी महाधिवेशन उद्घाटन हुँदैछ र करिब तीन लाख जनसहभागिता जुटाउने तयारी छ।

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर सो पार्टीले निमन्त्रणा दिन थालेको छ ।

एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सो अभियानको थालनी गरे ।

नेता ज्ञवालीसहितको टोलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट जारी अपिल बुझाउँदै मुलुकको राष्ट्रिय राजनीतिक र एमाले महाधिवेशनको महत्वबारे प्रकाश पारेका थिए । टोलीमा अभियानमा पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेललगायत नेताहरू सहभागी थिए ।

यस्तै, भक्तपुरको सूर्यविनायक, चाँगुनारायणलगायत पालिकामा पोलिटब्यूरो सदस्य महेश बस्नेत, जिल्ला अध्यक्ष बजन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री एवं जिल्ला उपाध्यक्ष किरण थापालगायतले घरघरमा निमन्त्रणा दिन थालेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि आजै यो अभियान सुरु भएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रूपान्तरित गर्नुपर्ने अध्यक्ष ओलीको अपिलमा उल्लेख गरिएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथि, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको स्वप्नद्रष्टा पार्टीका रूपमा चित्रण गर्दै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर चुनौतीको समय भएको पनि बताए ।

यही मंसिर २७ गते दिउँसो साढे १२ बजे भक्तपुरको सल्लाघारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ ।

उद्घाटनका लागि एमालेले खासगरी बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता र जनसमुदायलाई विशेष रूपमा निम्तो दिने तयारी गरेको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख जनसहभागिता जुटाउने एमालेले तयारी छ । महाधिवेशनको बन्दसत्र भोलिपल्टदेखि काठमाडौँका भृकुटीण्डपमा हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More