― Advertisement ―

सबै 28TB बाह्य हार्ड ड्राइभहरू कहाँ छन्? Seagate विस्तार ड्राइवहरू गायब

Seagate ले बजारमा सबैभन्दा ठूलो बाह्य हार्ड डिस्क ड्राइभ उत्पादन गर्छ, विस्तार वा STKP28000400, एउटा 28TB behemoth। तपाईं यसलाई किन्न सक्नुहुन्न, यद्यपि हाइपरस्केलर र...
HomeLatest newsमल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमतिको प्रतिबद्धता

मल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमतिको प्रतिबद्धता



१३ माघ, काठमाडौं । तीनै तहका सरकारबीच रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन मिलाउने विषयमा सहमत भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा कृषि विषयक्षेत्रको विषयगत समितिको ११औं बैठकमा सहमति जुटेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू गर्दै साझा प्रतिबद्धता जाहेर गरेको उनको सचिवालयले जनाएको छ ।

तयस्तै, विशेषगरी तीनै तहबाट कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजनको सुनिश्चतता गर्ने, अनुदान प्रणालीमा सुधार गर्दै दोहोरोपना हटाउने सहमति भएको छ ।

बैठकमा कृषि क्षेत्रका प्राथमिकता, नीति, कार्यक्रम र योजनाहरूको प्रभावकारी कार्यान्वयनका विषयमा समीक्षा गरिएको थियो ।

सहभागीहरूले तीनै तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने तथा कार्यक्रम सञ्चालनका क्रममा देखापरेका समस्या समाधानका विकल्पहरू पहिल्याउन सक्रिय छलफल तथा अन्तरक्रिया गरेका थिए ।

कृषि क्षेत्रमा युवा आकर्षण वृद्धि र उद्यमशिलता विकास, विपदबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी तथा खाद्य स्वच्छता र गुणस्तर नियमनका लागि प्रादेशिक तथा स्थानीय कानुन तर्जुमा लगायतका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन तीनै तहबीच समन्वय र सहकार्य गर्ने विषयमा बैठकमा साझा सहमति भएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More