― Advertisement ―

Homeविजनेसमलेसियाको १० बुँदे मापदण्डबारे श्रम मन्त्रालयले माग्यो व्यवसायीको आधिकारिक धारणा

मलेसियाको १० बुँदे मापदण्डबारे श्रम मन्त्रालयले माग्यो व्यवसायीको आधिकारिक धारणा


फाइल फोटो


राष्ट्रिय

समाचार.

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ।
  • मलेसियाले तोकेको १० बुँदे मापदण्ड पूरा गरेका कम्पनीहरूको सूची १५ नोभेम्बर २०२५ भित्र बुझाउन नेपाललाई पत्राचार गरेको थियो।
  • प्रधानमन्त्री सुशीला कार्कीले मापदण्ड प्रारम्भिक चरणमा रहेको र थप कूटनीतिक छलफल गर्ने निष्कर्ष निकालिएको बताउनुभयो।

१७ कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारबाट आएको १० बुँदे मापदण्डबारे म्यानपावर व्यवसायीको धारणा माग गरेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाउँदै मलेसियाले तोकेको १० बुँदे मापदडबारे आधिकारिक धारणा माग गरेको हो ।

मलेसिया सरकारले नेपालसहित विभिन्न ५ देशका म्यानपावर व्यवसायीहरूका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । सोही अनुसारको मापदण्ड पूरा गरेका कम्पनीको सूची बुझाउन भन्दै मलेसियाको परराष्ट्र मन्त्रालयले नेपाललाई पत्राचार गरेको थियो ।

उक्त पत्रमा मलेसियामा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूको  जानकारी माग गरी त्यसका लागि निर्धारण गरिएका १० वटा अनिवार्य शर्तहरू राखेर १५ नोभेम्बर, २०२५ भित्र जवाफ मागेको थियो ।

सोही आधारमा संघका सदस्यहरूसँग समेत छलफल गरी आधिकारिक सुझाव यस मन्त्रालयलाई सात दिनमा उपलब्ध गराउन अनुरोध गरिएको थियो । मन्त्रालयले मलेसियाको विदेश मन्त्रालयबाट प्राप्त कागजात पनि संघलाई पठाएको छ ।

गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले समेत मुख्य सचिवसहितसँग छलफल गरेकी थिइन् । छलफलका क्रममा मलेसिया सरकारले पठाएको मापदण्ड प्रारम्भिक चरणमा रहेको र थप छलफल गर्ने निष्कर्ष निकालिएको थियो ।

मलेसियाले पठाएको मापदण्ड कार्यान्वयन नहुने र यसबारे मलेसियासँग कूटनीतिक रूपमा छलफल गर्ने सरकारको निष्कर्ष थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More