― Advertisement ―

निन्टेन्डोले टोमोडाची लाइफ: लिभिङ द ड्रीमले स्विच २ को नयाँ रिजोल्युसन बूस्ट सुविधालाई समर्थन गर्दैन भन्छ किनभने ह्यान्डहेल्ड मोड बूस्ट सक्षम वा असक्षम गरिएको...

Li>Temo>Woning Dream> Nintendo Switch 2 को नयाँ ह्यान्डहेल्ड मोड बूस्टलाई समर्थन गर्नुहोस्Nintendo भन्छन् खेलाडीहरूले स्विच 2 मा 1080p मा खेल्न सक्छन्ह्यान्डहेल्ड मोड बूस्ट डेमोमा...
HomeLatest newsमर्चेन्ट डे लाङले विराटनगरबाट एनपीएल खेल्ने – KhabarHost

मर्चेन्ट डे लाङले विराटनगरबाट एनपीएल खेल्ने – KhabarHost



२१ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलर मर्चेन्ट डे लाङले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

विराटनगरले शुक्रबार विज्ञप्ति जारी गरेर डे लाङलाई अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले पेस बलिङ र डेथ बलिङ सुदृढ हुने क्लबले अपेक्षा राखेको जानकारी दिएको छ ।

३५ वर्षीय अग्ला कदका डे लाङले दक्षिण अफ्रिकाको टोलीबाट पनि खेलिसकेका छन् । उनले समग्र टी-२० मा १५५ खेलमा १७४ विकेट लिएका छन् ।

गत सिजन चितवन राइनोजका लागि अनुबन्धित डे लाङले चोटका कारण प्रतियोगिता गुमाएका थिए ।

डे लाङले भारतको आईपीएल, क्यारेबियन सीपीएल, द हन्ड्रेड, आईएल टी-२०, भाइटालिटी ब्लास्टलगायतका फ्रेन्चाइज लिगहरू खेलेका छन् ।

विराटनगरले यसअघि दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीलाई अनुबन्ध गरेको छ भने त्यसबाहेक स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट र न्युजिल्यान्डका मार्टिन गप्टिललाई अनुबन्ध गरेको छ ।

विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।

अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।





Read More