― Advertisement ―

Spotify ले नयाँ भिडियो नियन्त्रणहरू रोल आउट गर्दैछ, र यसको इन-एप संगीत भिडियोहरूलाई घृणा गर्ने व्यक्तिको रूपमा, मलाई थाहा छ यो ठूलो हिट हुनेछ।

Spotify लाई विश्वव्यापी रूपमा नियन्त्रण गर्ने प्रयोगकर्ताहरूलाई भिडियो नियन्त्रण गर्ने हो। यो महिना अन्य तहहरूमा विस्तार गर्नु अघि यो परिवार योजना प्रबन्धकहरूमा रोल आउट...
HomeLatest newsमनाङ मर्स्याङ्दीको दोस्रो जित – KhabarHost

मनाङ मर्स्याङ्दीको दोस्रो जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ।
  • नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई दोस्रो जित दिलाए ।
  • मनाङले ५ खेलबाट ६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

१८ माघ, काठमाडौं । नवराज गुरुङले इन्जुरी टाइममा गरेको गोलमा मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिग फुटबलमा आइतबार फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

राष्ट्रिय लिगमा सुरुवाती तीन खेलमा लगातार पराजित भएको मनाङ मर्स्याङ्दीको यो लगातार दोस्रो जित हो । र ५ खेलबाट ६ अंक जोडेर मनाङ आठौं स्थानमा उक्लेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आन्द्रे इबो यामोहले गोल गर्द मनाङ मर्स्याङ्दीलाई पहिले अग्रता दिलाएका थिए । फ्रेण्ड्सका लागि प्रशान्त लक्षमले ४७औं मिनेटमा बराबरी गोल फर्काए ।

बराबरीतर्फ अग्रसर खेलमा नवराज गुरुङले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गर्दै मनाङलाई जित दिलाए । उनी इन्जुरी टाइमकै दोस्रो मिनेटमा सुरेश कुमालको स्थानमा मैदान प्रवेश गरेका थिए ।

फ्रेण्ड्सको भने ५ खेलमा यो तेस्रो हार हो । ५ खेलबाट जम्मा ४ अंक जोडेको फ्रेण्ड्स दशौँ स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More