― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsमनमोहनजस्ता देखिने बिसी, ह्वीलचियरबाटै क्लस्टर खोज्दैछन् गौतम – KhabarHost

मनमोहनजस्ता देखिने बिसी, ह्वीलचियरबाटै क्लस्टर खोज्दैछन् गौतम – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन भक्तपुर र काठमाडौंमा हजारौं प्रतिनिधिहरूको सहभागितामा जारी छ।
  • एमालेको राष्ट्रिय अपाङ्गता संगठन नेपालका संघीय उपाध्यक्ष कृष्ण गौतमले अपाङ्गता भएका व्यक्तिहरूका लागि क्लस्टर कोटा दरिलो हुनुपर्ने माग राखेका छन्।
  • महाधिवेशनमा सहभागी बालकृष्ण बिसीले पुष्पलालबाट प्रेरित भएर कम्युनिस्ट चेत गहिरो राखेको र शारीरिक अवस्थाका कारण सक्रिय राजनीतिमा छैनन् भनेका छन्।

२६ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन चलिरहेको बेला भक्तपुरको सल्लाघारी र काठमाडौंका हलहरूमा हजारौं प्रतिनिधिहरूको भीड छ । भीडमा देशभरका विभिन्न कुनाबाट आएका पार्टीका शुभचिन्तक, प्रतिनिधिदेखि लामो बुढेसकालसम्म एमालेकै राजनीतिमा रमाएकाहरूसम्म भेटिन्छन् ।

यो भीडमा ह्वीलचेयरमा आएका एक प्रतिनिधि हुन्– कृष्ण गौतम ।

कीर्तिपुरमा बसोबास गर्ने गौतम बाँकेको कोहलपुरका स्थायी बासिन्दा हुन् । उनी एमालेको जनवर्गीय संगठन राष्ट्रिय अपाङ्गता संगठन नेपालका संघीय उपाध्यक्ष हुन् ।

२०५९ सालदेखि राजनीतिमा सक्रिय गौतम १०औं र ११औं महाधिवेशन दुवैमा प्रतिनिधि बनेका छन् । महाधिवेशन स्थलमा ह्वीलचेयर धकेल्दै आएका गौतमको अनुहारमा जेनजी आन्दोलनको भावना महाधिवेशनले बोक्ने आत्मविश्वास झल्किन्छ ।

‘जेनजी आन्दोलनले युवा मागेको छ । महाधिवेशनले त्यो पूरा गर्छ,’ उनी भन्छन्, ‘ अनि हामी अपाङ्गता भएका व्यक्तिहरू भोट हाल्ने मात्र होइनन्, छानिने र नेतृत्व गर्ने अधिकार पनि राख्छन् ।’

यो भनाइ उनको लामो संघर्षको सार हो । बाँकेबाट प्रतिनिधित्व गर्ने गौतमले अपाङ्गता भएका व्यक्तिहरूका लागि क्लस्टर कोटा अझै दरिलो हुनुपर्ने माग राख्दै आएका छन् ।

‘संविधानले अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यकलाई क्लस्टरको व्यवस्था गरेको छ । यदि पार्टी नेतृत्वले क्लस्टर बनायो भने समानुपातिकमा म पनि लड्न पहल गर्छु,’ उनले भने ।

समानुपातिक कोटाबाट अपाङ्गता भएकाहरूको प्रतिनिधित्व बढाउन उनी पार्टीभित्र लबिङ पनि गर्दैछन् ।

गौतमको राजनीतिक यात्रा २०५९ सालबाट सुरु भएको हो । त्यसअघि खासै सक्रिय नभएका उनी एमालेको महाधिवेशनमा सहभागी हुँदै गए । अहिले राष्ट्रिय अपाङ्गता संगठनलाई देशभरि संगठित गर्ने प्रक्रियामा छन् । हालसम्म ४५ जिल्लामा संघठित छन् ।

‘धेरै जिल्लामा गठनको क्रममा छौं, ठ्याक्क संख्या त भन्न सकिंदैन, तर थुप्रै साथीहरू संगठित हुँदैछन्,’ उनी भन्छन् ।

महाधिवेशनको सन्दर्भमा गौतमले हालैको जेनजी आन्दोलनलाई पनि जोडेर हेर्नुपर्ने बताउछन् । ‘जेनजी आन्दोलनले राजनीतिक तरंग ल्याएको छ । पूराना दलहरूले समानुपातिक समावेशीता नारामा मात्र सीमित राखे, व्यवहारमा लागू गरेनन् । त्यसैको परिणाम जेनजी आन्दोलन हो,’ उनी विश्लेषण गर्छन् ।

यो आन्दोलनले ठूला दलहरूलाई आफ्नो नेतृत्व जाँच्ने अवसर दिएको उनको बुझाइ छ । ‘अब नयाँ युवा पुस्ता र छुटेका वर्गहरूलाई समावेश गरेर अघि बढ्नुपर्छ,’ उनी सुझाउँछन् ।

एमालेको यो महाधिवेशन जेनजी आन्दोलनपछिको पहिलो ठूलो राजनीतिक जमघट भएकाले विशेष सन्दर्भको रुपमा हेर्नुपर्ने उनले बताए । आन्दोलनले सरकार परिवर्तन मात्र होइन, दलहरूलाई समावेशीतातर्फ सोच्न बाध्य पारेको छ ।

उनी थप्छन्, ‘चुनाव आउँदैछ, महाधिवेशनपछि नेतृत्व चयन भएर पार्टी चुनावी तयारीमा जुट्छ । हामी पनि अस्वीकार गर्न सक्दैनौं । चुनावमा जाने हो । हामी युवा र आमनागरिकको भावना बोकेर फेरि पहिलो दल बन्छौ भन्ने विश्वास छ ।’

मनमोहन जस्तै देखिने बिसी

बालकृष्ण बिसी सुर्खेतबाट महाधिवेशनकै लागि भनेर आएका छन् । उनी बिहानैदेखि झक्तपुरको सल्लाघारीमा पुगेका छन् ।

१० वर्षदेखि पार्टीको केन्द्रीय सल्लाहकार भूमिकामा रहेका उनी शारीरीक अवस्थाका कारण सक्रिय राजनीतिमा छैनन् । तर, पुष्पलालबाट प्रेरित भएर राजनीतिमा लागेका उनी अझै कम्युनिस्ट चेत गहिरो राख्ने गर्छन् ।

‘शारीरीक अवस्थाका कारण सक्रिय राजनीतिमा आउन नसकेको हो । महाधिवेशन आउन लागेको ८ वटा महाधिवेशन हेरिरहेको छु । पाँचौंदेखि निरन्तर छु,’ बिसीले भने, ‘मेरुदण्डमा रड छ । त्यो नभएको भए अझै १० वर्ष सक्रिय राजनीति गर्थेँ ।’

उनले आफ्नो जागिर पञ्चायतले खाएको बताए । ‘महाधिवेशन भनेको पार्टी र कार्यकर्ताका लागि ठूलो उत्सव हो । यो तीर्थ हो । मान्छे जति धेरै भेट्यो त्यति धेरै आनन्द आउँछ,’ उनले भने ।

उनले महाधिवेशनस्थलमा आफूसँग तस्वीर खिच्नेको भीडजस्तो देखिने बताए ।

‘मनमोहन अधिकारीजस्तै देखियो । एमालेको अध्यक्ष हुँदा जिल्ला कमिटीको सचिव थिएँ । उहाँहरूसँग मेरो राम्रो सम्बन्ध थियो । उहाँसँग घनिष्ट सम्बन्ध थियो,’ उनले भने, ‘प्रभावित चाहीँ पुष्पलालबाट हुँदै भएको हुँ ।’

टोपी बेच्न जुम्लाबाट

सोही भीडमा भेटिएका अर्का व्यक्ति हुन्– भुन्टो ओड । उनको घर– जुम्लाको सिँजा । आफू महाधिवेशन हेर्नकै लागि काठमाडौं आएको उनले बताए ।

सोही मेसो पारेर उनले केही ढाका टोपी पनि ल्याएका रहेछन् । छोराछोरी नै काठमाडौंमा बसेर पढ्दै गरेको र उनीहरूलाई भेट्ने मौका पनि यही महाधिवेशन पारेर आएको उनले बताए ।

‘म महाधिवेशन हेर्दै र केही टोपी पनि लिएर आएको हुँ,’ उनले भने, ‘छोराछोरी पनि यहीँ पढ्छन् । भेट्न आएको हुँ ।’





Read More