― Advertisement ―

चीनले भर्खरै अन्तरिक्षबाट ठूलो ट्याङ्कर ट्र्याक गर्‍यो, र अमेरिकी नौसेना स्टिल्थको प्रभाव अचानक धेरै गम्भीर छ

चीनले सफलतापूर्वक ट्र्याकिङ गरेको छ। समुद्री लक्ष्यहरू सार्दै कक्षाबाट निरन्तर निगरानीले तल्लो पृथ्वी उपग्रह नक्षत्रहरूमा निर्भरता कम गर्दछतीन उपग्रहहरूले उच्च-मूल्य नौसेना सम्पत्तिहरूको निरन्तर विश्वव्यापी...
HomeLatest newsमध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न मन्त्री घिसिङको निर्देशन

मध्य पुषसम्म निर्माणाधीन संसद् भवनको काम सक्न मन्त्री घिसिङको निर्देशन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले संघीय संसद् भवनको काम म्यादभित्र नसकिए हर्जाना तिराउने चेतावनी दिएका छन्।
  • संघीय संसद् भवनको पाँचौ पटक थप गरिएको म्याद आगामी पुष १६ गते सकिँदैछ र तीन वर्षमा निर्माण सक्ने सम्झौता भएको थियो।
  • मन्त्री घिसिङले दुई सिफ्टमा काम गरेर पनि संसद् भवन निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।

८ कात्तिक, काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले अन्तिम पटक थप गरिएको म्यादभित्र संघीय संसद् भवनको काम सम्पन्न नभए हर्जाना तिराउने चेतावनी दिएका छन् ।

शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले थपिएको समय सीमाभित्र काम सम्पन्न नभए निर्माण कम्पनीलाई नियमानुसार हर्जाना तिराउन बाध्य हुने चेतावनी दिएका हुन् ।

संघीय संसद्को निर्माणाधीन भवनको पाँचौ पटक थप गरिएको म्याद आगामी पुष १६ गते सकिँदैछ । तीन वर्षमा निर्माण सक्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग भवन सम्झौता भएको थियो ।

तर तोकिएको समयमा नै निर्माण हुन नसकेपछि पछिल्लो समय पाँचौ पटकका लागि आउँदो पुष १६ गते सम्पन्न गर्ने गरी म्याद थप गरिएको छ ।

मन्त्री घिसिङले दैनिक कार्यकतालिका बनाएर संसद् भवनको कामलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।

राष्ट्रियसभाका साथै आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपर्ने अवस्था रहेकाले नयाँ संसद् भवनको निर्माणको काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने उनले बताए ।

उनले अहिलेको अवस्थामा पुष १६ गते भित्र संसद् भवन निर्माण सम्पन्न हुने नदेखिएकाले दुई सिफ्टमा काम गरेर भएपनि काम सक्न सुझाव दिए ।

संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।

संघीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो ।

तर जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएपछि सरकारले नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More