राष्ट्रिय
समाचार.
- मधेश प्रदेश सरकारले रामकुमार महतोलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
- महतोले आइतबारदेखि निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालेका छन्।
- मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको थियो।
पुस १, जनकपुरधाम । मधेश प्रदेश सरकारको निमित्त प्रमुख सचिवको जिम्मेवारी रामकुमार महतोले पाएका छन् । अर्थमन्त्रालयको सचिव महतोलाई गत मंसिर २५ गतेको मन्त्रिपरिषद्को बैठकले निमित्त प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
उनले आइतबारदेखि निमित्त प्रमुख सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । मंसिर ११ गते प्रमुख सचिव मदन भुजेल सरुवा भएका थिए।
यसअघि मंसिर १५ गते सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद् बैठकले भने उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका सचिव जयकुमार घिमिरेलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिएको थियो।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

