― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsमधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार



२९ कात्तिक, जनकपुरधामा । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ ।

आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दल बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा मुख्यमन्त्री यादव भने पुगेका छन् ।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।

‘बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुन्छन् । उनी असंवैधानिक तरिकाले नियुक्त भएकाले हामीले सर्वोच्चमा रिट गरेका छौँ । सुनवाई हुन बाँकी छ,’ उनले भने, ‘त्यसकारण विवादित मुख्यमन्त्री उपस्थित बैठकमा सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More