― Advertisement ―

एआई वृद्धि र भूराजनीतिक जोखिमहरूले आपूर्ति शृंखलालाई कडा बनाउँदा तपाईंको अर्को SSD वा मेमोरी अपग्रेडको लागत धेरै हुनेछ।

प्रथागत मूल्यमा वृद्धि 5%-5 RAM को मूल्यमा वृद्धि-36 % स्तरीय मूल्य निर्धारण क्वार्टर।वर्तमान अनुमानहरूले अमेरिका, इजरायल, र इरान क्षेत्रीय द्वन्द्वबाट सम्भावित प्रभावहरू समावेश गर्दैन।एआई...
Homeराष्ट्रिय समाचारमधेश प्रदेश उपसभापति सिंह – KhabarHost

मधेश प्रदेश उपसभापति सिंह – KhabarHost



१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका उपसभापति विरेन्द्र सिंहले पार्टी कार्यालय घेराउ गरेरै भए पनि महाधिवेशन गराएरै छाड्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंको थापागाउँमा आयोजित विशेष भेलामा बोल्ने क्रममा उनले आन्दोलन, अनशन र पार्टी कार्यालय घेराउ नै गरेर भए पनि महाधिवेशन गराएरै छाड्ने जिकिर गरे ।

‘केन्द्रीय समिति बैठकले महाधिवेशन घोषणा नगरे हामी महाधिवेशन घोषणा गराउन बाध्य हुनेछौं,’ उनले भने, ‘आन्दोलन, अनसन र पार्टी कार्यालय घेराउ गरेर भए पनि महाधिवेशन गराउनेछौं ।’

देश विदेशले नेपाली कांग्रेसलाई हेरेको भन्दै उनले कांग्रेसले पार्टीलाई कसरी अघि बढाउँछ भन्ने चासो सबैतिर भएको बताए ।

‘महाधिवेशन गरेर अहिले कांग्रेस सच्चिएको जनताले हेर्न चाहेको छ, आशा लाग्दो नेतृत्व खोजेको छ, आम नेपालीको चाहना छ,’ उनले भने, ‘त्यसकारण चुनाव अघि कांग्रेस सच्चिएर आशालाग्दो फेस लिएर चुनावमा कांग्रेस अघि बढ्नुपर्छ त्यसैले विशेष महाधिवेशन खोजेको छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More