― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsमधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वास मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वास मत लिने



१६ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनको लागि बुधबार बिहान साढे ८ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री यादवलाई विश्वासको मत लिने प्रयोजनको लागि बुधबार बिहान साढे ८ बजे बैठक आह्वान गरेको हो ।

मुख्यमन्त्रीले संविधानको धारा १६८ को ४ बमोजिम विश्वासको मत लिने भएकाले उपस्थित हुन सांसदहरुलाई आग्रह गरिएको छ ।

सरकार गठनविरुद्ध परेको तीनवटा रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले २४ घण्टा भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

संविधानको धारा १६८ को ३ बमोजिम गठित सरकारले २४ घण्टा भित्र विश्वासको मत लिन सर्वोच्चले भनेको थियो । लिन नसकेको खण्डमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको लागि आदेश दिएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री कार्यालयमा सर्वोच्चको आदेशसहितको पत्र नआएको र आफू प्रदेश प्रमुख कार्यालयमा आएको प्रतिलिपी दिउँसो ३ बजे लिएको पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।

उनले सोही प्रतिलिपी बुझे अनुसार त्यसको २४ घण्टा भित्र बुधबार दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो ।

आज साँझ बसेको सर्वदलीय बैठकमा भोलि बिहान साढे ८ बजे विश्वासको मत लिनको लागि बैठक आह्वान गर्ने निर्णय भएको छ । सोही अनुसार प्रदेशसभा सचिवालयले बैठकको लागि सूचना आह्वान गरेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More