― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsमधेश प्रदेशको सरकार गठनमा सर्वोच्च अदालतको ‘गम्भीर प्रश्न’

मधेश प्रदेशको सरकार गठनमा सर्वोच्च अदालतको ‘गम्भीर प्रश्न’


राष्ट्रिय

समाचार.

  • सर्वोच्च अदालतले मधेश प्रदेशको पछिल्लो सरकार गठन प्रक्रियामा दुईवटा संवैधानिक प्रश्न उठाएको छ।
  • अन्तरिम आदेशमा अदालतले मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि राजीनामा दिएर त्यसलाई विश्वासको मत नपाएको अर्थ लगाउन मिल्ने हो कि होइन भन्ने प्रश्न उठाएको छ।
  • सर्वोच्चले संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा प्रश्न उठाउँदै नीतिगत र दीर्घकालीन प्रभाव पर्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको पछिल्लो सरकार गठन प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ ।

सरकार गठन विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले दुईवटा प्रक्रियाका कारण तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको निर्णयको संवैधानिक वैधतामा प्रश्न उठाएको हो ।

तर त्यो प्रश्न अन्तरिम आदेशका बेलामा नभई मुद्दाको अन्तिम सुनुवाइका बेला सम्बोधन हुने भन्दै सर्वोच्च अदालतले विवादको विषयवस्तुमा प्रवेश गर्न चाहेन ।

सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सरकार गठनका दुई प्रक्रियाहरूमा प्रश्न उठाएको हो ।

पहिलो, विश्वासको मत लिनुपूर्व नै मुख्यमन्त्रीले पदबाट राजीनामा दिएमा त्यसलाई विश्वासको मत नपाएको अर्थ लगाउन मिल्ने हो कि होइन भन्ने सवाल उठाएको छ ।

२९ असोज, २०८२ मा मुख्यमन्त्रीमा नियुक्त जितेन्द्र सोनालले २२ कार्तिकमा विश्वासको मत लिने प्रक्रिया पूरा गर्नुअघि नै पदबाट राजीनामा दिएको विषयलाई सर्वोच्च अदालतले ‘नोटिस’मा लिएको हो ।

सर्वोच्च अदालतले सरकार गठन प्रक्रियामा दोस्रो प्रश्न पनि उठाएको छ । निवर्तमान मुख्यमन्त्री सोनालले राजीनामा दिएपछि एमाले बाहेकका सात दलहरूले प्रदेशसभाको बहुमत देखाइ संयुक्त सरकार संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई आवेदन दिएका थिए ।

सर्वोच्च अदालतले ‘आवेदनमाथि कुनै निर्णय नगरी सरोजकुमार यादवलाई धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त गरेको देखिएको’ भन्दै सरकार गठनमा उठेको प्रश्न मुद्दाको अन्तिम टुंगो लगाउने क्रममा सम्बोधन गर्नुपर्ने औंल्याएको हो ।

सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘विश्वासको मत लिने प्रक्रिया पूरा नभइसकेको अवस्थामा राजीनामा दिएको स्थिति तथा सभाका बहुमत सदस्यले संयुक्त सरकार गठन गर्न आवेदन गरेको सन्दर्भमा कुनै निर्णय नगरी उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनसक्ने हो कि होइन भन्ने विषय अन्तिम निर्णय हुँदा निरुपण हुने प्रकृतिको देखिएको ।’

सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिमा संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शितामा समेत प्रश्न उठाएको औंल्याएको हो । त्यसलाई आधार मानी उसले नीतिगत र दीर्घकालीन प्रभाव पर्ने काम नगर्नु भनेर यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

सर्वोच्चले आदेशमा भनेको छ, ‘तर मुख्यमन्त्री नियुक्तिमा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रश्न प्रथम दृष्टिमै खडा भएको देखिँदा नीतिगत र दीर्घकालीन प्रभाव पर्ने काम नगर्नु ।’

सर्वोच्च अदालतले विश्वासको मत लिने क्रममा संसदीय प्रक्रियाको मूल्यमान्यताहरु विपरीत कुनै काम नगर्नु पनि भनेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More