― Advertisement ―

Facebook एप धेरैका लागि डाउन छ — यहाँ हामीलाई आउटेजको बारेमा थाहा छ

ताजा गर्नुहोस् फेसबुक एपमा के समस्या छ?अहिले सयौं मानिसहरूले फेसबुक एपले राम्ररी काम गरिरहेको छैन भनी रिपोर्ट गरिरहेका छन् — सबैभन्दा सामान्य गुनासो यो...
HomeLatest newsमधेशमा सद्भाव कायम राख्न ७ आयोगको आग्रह – KhabarHost

मधेशमा सद्भाव कायम राख्न ७ आयोगको आग्रह – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेशका विभिन्न जिल्लामा धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न सात आयोगले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
  • विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र सम्मान कायम गर्दै आएको समाज हो।’
  • तर केही समययता तराई मधेशका केही स्थानमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबैमा सद्भाव कायम गर्न अपील गरिएको छ।

२१ पुस, काठमाडौँ । मधेशका विभिन्न जिल्लामा धार्मिक सप्रदायबीच आपसी सद्भाव कायम गर्न विभिन्न ७ वटा आयोगले आग्रह गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच सद्भाव र मैत्री कायम गर्न भनेका हुन् ।

‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता तराई मधेशका केही स्थानहरुमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्तरुपमा हार्दिक अपील गर्दछौं।’

यस्तो छ विज्ञप्ति 





Read More