― Advertisement ―

रूसको स्टारलिंक प्रतिद्वन्द्वीले 2028 सम्ममा पूर्ण तैनाती तर्फ विशाल 318-स्याटेलाइट नेटवर्क दौडको रूपमा केही दिन भित्र सुरु गर्न सक्छ।

Russ को अर्को तरंग लन्च गर्दै संचारको नजिक सार्दै उपग्रहहरूरासभेट नेटवर्कको लागि अर्को महत्त्वपूर्ण माइलस्टोन तर्फ ताजा प्रक्षेपण सूचना इंगित गर्दछरसियाले सयौं उपग्रहहरूलाई स्वतन्त्र...
HomeLatest newsमधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त – KhabarHost

मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले पाँच सांसदलाई पदमुक्त गरेका छन्।
  • सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको आधारमा सांसद उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय यादव, सिंहासन कलवार र सारदा प्रसाद कलवारलाई पदमुक्त गरेका हुन्।
  • पदमुक्त गरिएको सूचना सभामुखले २०८२।०७।२७ गते जारी गरेका छन् र यसले उक्त सांसदहरूको स्थान रिक्त भएको उल्लेख छ।

२७ कात्तिक, जनकपुरधाम । मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सातजना सांसदलाई कारबाही गरेका छन् ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन् ।

नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ । सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ ।

उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले निकालेका छन् ।

‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।





Read More