― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsमतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी – KhabarHost

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी – KhabarHost


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ।
  • प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीलाई म्याद थपका लागि टेलिफोन गरी आग्रह गरेकी थिइन्।
  • राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ र केही राजनीतिक दलले पनि म्याद बढाउन आग्रह गरेका छन्।

२८ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ।

आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको आयोग स्रोतको भनाइ छ।

यसअघि आजै प्रधानमन्त्री सुशीला कार्कीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी म्याद थपका लागि आग्रह गरेकी थिइन्।

मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी केही दिन म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह थियो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसबारे आयोग सकारात्मक रहेको जवाफ दिएका थिए।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।

केही राजनीतिक दलले समेत मतदाता नामावलीमा नाम दर्ताको समय बढाउन आग्रह गरेका छन्।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More