― Advertisement ―

यो सानो ग्याजेटले मलाई मेरो बेडरूम ब्लाइन्डहरू स्वचालित रूपमा खोलेर बिहानको व्यक्तिमा परिणत गर्‍यो — र यो राष्ट्रपतिको दिनको लागि बिक्रीमा छ

The SwitchBot Blind Tilt एउटा विवेकी सानो यन्त्र हो जसले तपाइँको नियमित ब्लाइन्डहरूलाई स्मार्ट ब्लाइन्डमा परिणत गर्दछ, तिनीहरूलाई खोल्ने र बन्द गर्ने समय तालिकामा,...
HomeLatest newsमतदाता नभएकाे मतदान स्थल – KhabarHost

मतदाता नभएकाे मतदान स्थल – KhabarHost



२० माघ, हुम्ला । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले मतदान केन्द्र, मतदान स्थलहरूको टुंगो लगाइसकेको छ

निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतदाताको संख्या पनि टुंगो लागिसकेको छ ।

हरेक गाउँमा निर्वाचन गतिविधि बढिरहँदा हुम्लाको लिमीको जाङ गाउँ भने सुनसान छ । उत्तरी हुम्लाको नाम्खा गाउँपालिका-६ को लिमिको जाङ गाउँ अहिले रित्तै छ । १० वर्षअघि ६७ घरधुरी रहेको जाङ गाउँ अहिले भने खाली छ ।

तीन वटा मतदान स्थल रहेकाे लिमि जाँङ गाउँकाे भृकुटी आधारभुत विद्यालयकाे मतदान स्थलमा २४७ मतदाता संख्या रहेको तथ्यांक छ । तर, मतदाता गाउँमा छैनन् । यता नाम्खा गाउँपालिका-६ को हल्जी पनि अहिले सुनसान छ । हिमपात नहुँदा गाउँका केही घरमा मान्छे बस्ने भए पनि अहिले चिसो झल्न गाउँ छोडिसकेका छन् ।

यहाँको सुनखानी आधारभूत विद्यालयको हल्जी मतदान स्थलमा २९३ जना मतदाता भए पनि अधिकांश काठमाडौं, भारतका विभिन्न सहर गएका छन् ।

त्यस्तै तिलमामा रहेको हिमशिखर आधारभूत विद्यालय मतदान स्थलमा मतदान गर्नेको सूची १३२ छ । तर अधिकांश चीनकाे ताक्लाकाेट, काठमाडौं, भारतको दिल्लीलगयातका सहरमा छन्।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले उत्तरी भेगमा अहिलेको अवस्थामा निर्वाचन गराउन नसकिनेबारेको जानकारी गृहमन्त्रालय र निर्वाचन आयोगलाई गराइसकेको बताए ।

‘हामी निर्वाचन गराउने भनेर तयारी अवस्थामै छौं । कानुनमा मतदान स्थलमा कति मतदाता हुँदा मतदान गराउने/नगराउने भन्ने उल्लेख छैन,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे गृहमन्त्रालय र निर्वाचन आयोगलाई पटक-पटक जानकारी गराइसकेका छौं । माथिबाट केही निर्देशनात्मक कुरा आउला त्यसैअनुसार गरौँला भनेर बसेका छौं ।’

उनले उत्तरी क्षेत्रका केही गाउँमा अहिले केही मान्छे बसिरहेको भए पनि ती ठाउँमा जान-आउन सक्ने अवस्था नभएको बताए ।





Read More