― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsमतदातालाई चुनाव चिह्न चिनाउने, कुशासनका सूचना संकलन गर्ने – KhabarHost

मतदातालाई चुनाव चिह्न चिनाउने, कुशासनका सूचना संकलन गर्ने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टीले २१ फागुनका लागि तय प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलसँग छलफल अघि बढाउन निर्देशन दिएको छ।
  • पार्टीले सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया गरी चुनाव चिह्न ‘तारा’ जनतामा चिनाउन निर्देशन दिएको छ।
  • निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा पार्टीले जोड दिएको छ।

२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ ।

पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो ।

‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै राजनीतिक दलहरूसँग बैठक, वार्ता, छलफल गर्ने,’ अपानिमा भनिएको छ, ‘त्यसरी नै सञ्चारमाध्यम, बौद्धिक समुदाय, व्यवसायी, नागरिक समाजका अगुवाहरूसँग निर्वाचनको माहोल निर्माण गर्नका लागि छलफल, अन्तरक्रिया गर्ने ।’

अपानिमा केन्द्रमा सरकार र निर्वाचन आयोग तथा विभिन्न तहमा सम्बन्धित तहका निर्वाचन एवं सुरक्षा निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्न तथा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत विभिन्न तरिकाबाट पार्टीको चुनाव चिह्न ‘तारा’ आम जनतालाई चिनाउन पनि भनिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले संघीय र प्रदेश सरकार तथा स्थानीय तहमा रहँदा गरेका जनपक्षीय र भ्रष्टाचार विरोधी राम्रा कामहरूको जनताबीच व्यापक प्रचार गर्न र भ्रष्टाचार, कुशासन, अनियमितता, बेथितिका घटना, विवरण र तथ्यहरू संकलन गर्न पनि पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।

‘त्यस्ता क्रियाकलापहरूको विरोध गर्ने तथा विकास निर्माण, जनताको सेवा सुविधा, रोजगारी, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आवाज बुलन्द गर्ने,’ संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित अपानिमा उल्लेख छ ।

पार्टीले विभिन्न तहमा मतदाता शिक्षा, तालिम, प्रशिक्षण, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्न, सबै तहमा पार्टी र जनवर्गीय संगठनद्वारा निर्वाचनको तयारी केन्द्रित बैठक, भेला, प्रशिक्षण तथा विभिन्न रचनात्मक र प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले  निर्धारित समयमा शान्तिपूर्ण, स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड दिएको छ ।

‘यतिवेलाको राष्ट्रिय संकटबाट देशलाई निकास दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न र संविधानलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउन, संविधान संशोधनका माध्यमबाट जेन–जी पुस्ताको भावनासहित जनताका अग्रगामी एजेण्डा सम्बोधन गर्न र सामाजिक न्याय, सुशासन, समृद्धि र समाजवादका आधार निर्माण गर्न पनि निर्वाचन अपरिहार्य छ,’ अपानिमा लेखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More