― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsमछिन्द्रको पाँचौ जित, लालिगुराँस दोस्रो स्थानमा उक्लियो

मछिन्द्रको पाँचौ जित, लालिगुराँस दोस्रो स्थानमा उक्लियो


राष्ट्रिय

समाचार.

  • मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ।
  • मछिन्द्रले ६ खेलमा पाँचौं जित र अपराजित यात्रा कायम राख्दै १६ अंक जोडेको छ।
  • लालिगुराँस एसोसिएसनले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ।

२३ माघ, काठमाडौं । मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा शुक्रबार श्री भगवती क्लबलाई २-० ले पराजित गर्दै शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले श्री भगवतीलाई २-० ले पराजित गरेको हो । मछिन्द्रको ६ खेलमा यो पाँचौ जित हो र अपराजित यात्रा पनि कायम राखेको छ । लिग लिडर मछिन्द्रले १६ अंक जोडेको छ ।

मछिन्द्रका लागि प्रदीप बुढाथोकीले ५३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै फ्रान्क एन्गे इस्याक एनोहले ५७औं मिनेटमा दोस्रो गोल गरे ।

यसैगरी कास्कीको लालिगुराँस एसोसिएसनले ललितपुरको सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गर्दै पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । चौथो जित हात पारेको लालिगुराँस दोस्रो स्थानमा उक्लेको छ ।

लालिगुराँसले ६ खेलबाट ४ जित र २ बराबरी नतसजा निकाल्दै १४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको हो ।

लालिगुराँसका लागि अब्दुल युसुफ हाउले पहिलो हाफमा दुई गोल गरे । उनले ३५औं र ३८औं मिनेटमा गोल गर्दै पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।

सातदोबाटोका सुबास गोलेले ५२औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर यलालिगुराँसका लक्षु थापाले ६६औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

तस्वीर : एन्फा

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More