― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsमकवानपुरको बकैया ५–६ जोड्ने पक्की पुल शिलान्यास – KhabarHost

मकवानपुरको बकैया ५–६ जोड्ने पक्की पुल शिलान्यास – KhabarHost


राष्ट्रिय

समाचार.

  • मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुलको शिलान्यास भएको छ।
  • बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुनेछ।
  • पुल निर्माणपछि ८ सय घरधुरी लाभान्वित हुने र विद्यार्थी तथा किसानको आवतजावत सहज हुने मुख्यमन्त्री बानियाँले बताए।

१० मंसिर, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पुल निर्माणको शिलान्यास गरे ।

बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो । श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ७ असार २०८४ मा निर्माण सम्पन्न गर्नेगरी ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँमा लागत अनुमान गरिएको थियो । पुल निर्माण पश्चात् ८ सय घरधुरी लाभाम्वित हुने छन् । पुल नहुँदा बकैया–६ का विद्यार्थीहरूलाई बर्खाको समयमा विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ ।

पुल निर्माणपश्चात् किसान, विद्यार्थी, स्थानीय तथा गौतम बुद्ध अन्तर्रास्ट्रिय पर्यटन पार्कको लागि सहज हुनेछ । पुल शिलान्यासको क्रममा मुख्यमन्त्री बानियाँले समयमै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

गाउँगाउँसम्म विकासको पूर्वाधार पुर्‍याउन तथा सबै नागरिकलाई समान ढंगले विकासको लाभ लिन संघीयताको परिकल्पना भएको बताए । विकास नै संघीयताको आधार भएको भन्दै उनले प्रदेश सरकारलाई अझ अधिकार सम्पन्न गर्न जरुरी रहेको भन्दै बताए ।

उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरेर जनतालाई प्रदेश सरकारको लाभ पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउँदै जेनजी आन्दोलनको मुख्य माग पनि भ्रष्टाचार अन्त्य र सुशासन नै भएको धारणा राखे ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट  विनियोजन भई पुल निर्माण कार्य सुरु भएको बताए । उनले सम्झौता अवधिभित्रै पुल निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे । आर्थिक, सामाजिक रुपान्तरणको लागि उत्पादनसँग जोडिन आवश्यक रहेको भन्दै उनले पुल बनेपछि स्थानीय उत्पादनलाई बजारीकरणमा पनि सहयोग पुग्ने धारणा राखे ।

पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान  गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे लगायत सहभागी थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More