― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsभोटका नारा गुञ्जिरहँदा कविर कुटीमा रोइरहेका मोती – KhabarHost

भोटका नारा गुञ्जिरहँदा कविर कुटीमा रोइरहेका मोती – KhabarHost



११ सिरहा । सिरहाका चारवटै निर्वाचन क्षेत्रमा अहिले चुनावको माहोल छ । दलका उम्मेदवारहरु गाउँ–गाउँ पस्दै भोट बटुल्न तँछाडमछाड गरिरहेका छन् । उनीहरु भन्छन्– ‘गरिब–असहायको आँसु पुछ्नेछौँ । विपन्नका लागि काम गर्नेछौँ ।’

यो चुनावी कोलाहलबाट केही टाढा गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाको एक शान्त कुनामा ७२ वर्षीय मोती महतो भने स्वास्थ्यको संवैधानिक हकबाट बन्चित भएझैं आँसु पुछिरहेका छन् ।

भोट माग्नेहरूको लर्को उनी बसेको कबिर कुटी नजिकैबाट गुज्रिन्छ, तर उनको पीडा सुन्न कसैको पाइला रोकिँदैन ।

कविर कुटीको संसार

खोलाको डिलमा रहेको जिम्म्दार टोलबाट चार वर्षअघि कविर कुटी (आश्रम)मा बस्न थालेका उनका लागि अहिले त्यही कुटी नै संसार बनेको छ । अविवाहित जीवन, रित्तो गोजीसँगै विगत तीन वर्षदेखि हर्नियाको असह्य पीडासँग जुधिरहेका छन् मोती ।

पीडाले थलिएको शरीर र ओभानो हुन नपाएका आँखा बोकेर उनी प्रश्न गर्छन्, ‘आखिर म पनि यो देशको नागरिक होइन र ?’

उनको स्वर भारी हुन्छ, ‘चुनाव आउँछ, नेताहरू आउँछन् । घरदैलोमा भोट माग्छन्, गरिबको दु:ख बुझ्छौँ भन्छन् । भोट लिएर जितेपछि सिधै काठमाडौं पस्छन् । फेरि फर्केर पनि हेर्दैनन् ।’

उपचार खर्च अभाव

उनका अनुसार तीन वर्षअघि चिकित्सकले उनलाई भनेका थिए– हर्नियाको शल्यक्रिया गर्नुपर्छ ।’ तर, लागत सुनेपछि मोती झस्किए । करिब एक लाख रुपैयाँ खर्च लाग्ने खबर उनका लागि सपनाभन्दा बाहिरको कुरा थियो ।

कविर कुटीका साथीहरूको सहयोग र केही मानवीय संवेदना जुटेपछि २०८२ असार ३ गते ४० हजार रुपैयाँमा पहिलो शल्यक्रिया त भयो । तर, उनको उपचार अझै अधुरो छ । चिकित्सकले एक वर्षपछि पुन: शल्यक्रिया गर्नुपर्ने भनेको उनी बताउँछन् ।

‘अब कसरी गराउने ?’ मोतीको यो प्रश्नको उत्तर दिन आजसम्म कुनै नेता–कार्यकर्ता उनको कुटीमा पुगेका छैनन् ।

कुनै बेला शरीर बलियो हुँदा मोती गाउँका हुनेखानेका गाई–भैँसी चराउँथे । पसिनाले भिजेको दिनचर्या नै उनको बाँच्ने आधार थियो । तर आज समय बदलिएको छ । उनका हात काँप्छन्, खुट्टा लुला हुँदै गएका छन् । पेटको दुखाइले उठबस गर्न दिँदैन । अब उनी पूर्ण रूपमा कुटीका साथीहरूको भरमा छन् ।

सिरहाका सडकहरू चुनावी पर्चा र झन्डाले रंगिएका छन् । नेताहरू जनताको भविष्य लेख्ने दाबी गरिरहेका छन् । तर, कविर कुटीको एउटा कुनामा बसेर मोती महतो आज पनि निरुपाय देखिन्छन् ।

मोतीको अवस्था नजिकबाट नियालेका कविर कुटीमै बस्दै आएका ६७ वर्षीय पैतराम महतो आक्रोश पोख्छन्, ‘भाषण गर्ने होइन, हामी वृद्धवृद्धालाई हेर्ने नेता चाहियो । चिसोमा ओढ्ने कपडा र बिरामी पर्दा सोध्ने मान्छे चाहियो । हामीलाई सहारा चाहिएको हो ।’

मोती महतोसँग नागरिकता छ । कानुनको पानामा उनी यो देशको पूर्ण नागरिक हुन् । तर, व्यवहारमा उनी राज्यका लागि ‘अदृश्य’ सरह छन् । उनी लामो सास फेर्दै भन्छन्, ‘नेतालाई हाम्रो भोट चाहिँ चाहिन्छ, तर दु:खमा कसैले सोध्दैन । कहिले बन्छ हाम्रो सरकार ?’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More