फाइल तस्बीर ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ कात्तिकदेखि पुनः उडान थालेको छ।
- थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा आइतबार र बुधबार गरी दुई नियमित उडान गर्ने तालिका स्वीकृत गराएको छ।
- अहिले भैरहवामा नियमित उडान गर्ने एक्लो कम्पनी थाई एयर एसिया बनेको छ, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सकेका छैनन्।
९ कात्तिक, काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।
अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् । थाई एयर एसियाको जहाज अहिले भैरहवामा अवतरण गर्ने प्रक्रियामा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

