― Advertisement ―

Homeराष्ट्रिय समाचारभीम रावलसँग एकताको कुरा सकारात्मक बनेको छ : प्रचण्ड – KhabarHost

भीम रावलसँग एकताको कुरा सकारात्मक बनेको छ : प्रचण्ड – KhabarHost



१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजै बिहानमात्रै रावलसँग महत्त्वपूर्ण छलफल भएको जानकारी गराएका हुन् ।

‘भीम रावल, झलनाथजी, घनश्यामजीसँग पनि कुराकानी भइरहेको छ । कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसति भएको प्रमाणको रुपमा यो भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग नेता अग्निप्रसाद सापकोटाले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक भएको र भोलि हुने एकता घोषणा सभामा सहभागी हुनसक्ने पनि प्रचण्डले बताएका छन् ।

माओवादी, समाजवादीसहित विभिन्न ९ घटकबीच भोलि एकता घोषणा हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More