― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsभीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय

भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या, ०८४ मा सकिंदै थियो सजाय


भीमफेदी कारागार ।



८, कातिक, चितवन । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ ।

गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षिय नारायण कुमालको स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४/१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए ।

मृतक कुमाल जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएको जेलर सुवास पौडेलले जानकारी दिए । जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

२०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको जेलर पौडेलले बताए ।

कारागारबाट भागेका कुमाललाई पटकपटक कारागार आउन खबर गरे पनि उनी भागेर बसेका थिए ।

पौडेलका अनुसार कारागार प्रशासनले कुमालको परिवारलाई समेत फोन गरेर कारागार पठाउन आग्रह गरेको थियो । तर, परिवारले पठाइदिने बताए पनि पठाइदिएको थिएन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More