― Advertisement ―

अमेजन र अमेरिकी हुलाक सेवा डेलिभरी कटौतीमा सम्झौतामा पुग्यो – ‘दीर्घकालीन साझेदारी’ जारी रहेकोले हुलाक डेलिभरी २० प्रतिशतले घट्यो

USPS को लगभग 0% मा हार्यो पार्सलहरूAmazon USPS को सबैभन्दा ठूलो ग्राहक हो, जसको वार्षिक मूल्य लगभग $6 बिलियन छअमेजनले आफ्नो डेलिभरी नेटवर्क विस्तार...
HomeLatest newsभिजिट भिसासम्बन्धी प्रावधान खुकुलो बनाउनेगरी नयाँ मापदण्ड ल्याइँदै

भिजिट भिसासम्बन्धी प्रावधान खुकुलो बनाउनेगरी नयाँ मापदण्ड ल्याइँदै



१३ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड खुकुलो बनाउने भएको छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले नयाँ मापदण्ड लागू गर्न लागेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, यसबारे भोलि (शुक्रबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरेर थप जानकारी गराउने तयारी रहेको बताए ।

उनका अनुसार, मापदण्ड कसिलो बनाएसँगै कागजपत्र निर्माणको प्रक्रिया झन्झटिलो भएको गुनासाहरू आएका थिए । साथै, विचौलियाहरूले कागजात मिलाउने नाममा धेरै असूली गर्न थालेको गुनासा बढेपछि मापदण्ड फेर्न लागिएको उनले अनलाइनखबरलाई बताए ।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, दुईतर्फी हवाई टिकट र स्वघोषणा भए पुग्ने छ ।

यसअघि जारी भएको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण लगायतका कागजात पुर्‍याउनुपर्ने प्रावधान राखिएको थियो ।

यस्ता विविध असहज प्रक्रियालाई हटाएर नयाँ मापदण्ड लागू गर्न लागिएको तिवारीले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More