― Advertisement ―

माइक्रोसफ्टको चकित खाता प्रतिबन्धले Windscribe, WireGuard VPN, VeraCrypt को लागि सुरक्षा प्याचहरू ब्लक गर्दछ

माईक्रोसफ्टको खाता थियो, WireCp, WindGpt अवरुद्धलकआउटले सफ्टवेयर अपडेट वा सुरक्षा प्याचहरू जारी गर्न रोक्छMicrosoft ले सक्रिय रूपमा खाताहरू पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छधेरै...
HomeLatest newsभारतले अन्तरिक्षमा पठायो साढे ४ हजार किलोको सञ्चार स्याटेलाइट

भारतले अन्तरिक्षमा पठायो साढे ४ हजार किलोको सञ्चार स्याटेलाइट


राष्ट्रिय

समाचार.

  • भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले सञ्चार उपग्रह सीएमएस–०३ सफलतापूर्वक प्रक्षेपण गरेको छ।
  • इसरो अध्यक्ष वी. नारायणनले ‘एलवीएम३–एम५’ ले सीएमएस–०३ उपग्रह निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिए।
  • सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित समुद्री क्षेत्रमा सेवा दिने र नौ सैनिकको सञ्चार प्रणालीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले सञ्चार उपग्रह (स्याटेलाइट) सीएमएस–०३ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरोका अध्यक्ष वी. नारायणनले ‘एलवीएम३–एम५’ ले सीएमएस–०३ सञ्चार उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको जानकारी दिए ।

उनले भने, ‘म सम्पूर्ण इसरो टीम र सबै सहयोगीलाई उनीहरूको भूमिका तथा योगदानका लागि बधाई दिन्छु । आजको मिसनले भारतका लागि थप एक गौरव लिएर आएको छ ।’

चालु आर्थिक वर्षको अन्त्यसम्म थप सात उपग्रह प्रक्षेपण गरिने उनले बताए । गगनयानको पहिलो मानवरहित मिसन पनि उन्नत तहमा पुगेको जानकारी इसरो अध्यक्ष नारायणनले दिएका छन् ।

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ एक मल्टि ब्यान्ड सञ्चार उपग्रह हो । ४ हजार ४०० किलोग्राम वजन भएको यो उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै भारी उपग्रह समेत हो ।

यही क्षमताका कारण यसलाई ‘बाहुबली’ नाम दिइएको छ । रकेट बुस्टर लिफ्ट अफ, लिक्विड प्रोपेलेन्ट कोर र क्रायोजेनिक (सी२५) सहित ती चरणको यो रकेटले इसरोलाई ४ हजार किलोग्रामसम्मको भारी सञ्चार उपग्रहलाई कम लागतमै जीटीओमा प्रक्षेपण गर्नमा पूर्ण आत्मनिर्भर बनाएको छ ।

यो उपग्रह भारतकै सबभन्दा शक्तिशाली रकेट लञ्च भिकल मार्क ३–एम५ (एलवीएम३–एम५) मार्फत् नेपाली समयअनुसार आज साँझ ५:४६ प्रक्षेपण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ । यो उपग्रहले भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई निकै ठूलो सहायता पुर्‍याउने अपेक्षा गरिएको छ । यसले उच्च गतिको ब्याण्डविथ समेत उपलब्ध गराउनेछ, जसले दुर्गम क्षेत्रमा समेत डिजिटल पहुँच स्थापित गर्नेछ । साथै यसले नागरिक संस्था, रणनीतिक योजनामा समेत सघाउ पुग्ने अपेक्षा छ ।

रकेटको किनारमा रहेको दुई एस२०० ले टोस रकेट बुस्टर लिफ्ट अफका लागि आवश्यक थ्रस्ट प्रदान गर्दछ । एस२०० बुस्टरलाई विक्रम साराभाई अन्तरिक्ष केन्द्र तिरुवाअन्तपुरममा विकसित गरिएको हो ।

लिक्विड प्रोपल्शन सिस्टम्स सेन्टरमा डिजाइन र विकसित दुई ‘विकास’ इञ्जिनद्वारा एल११० लिक्विड चरण सञ्चालित हुन्छ ।

इसरोले एलवीएम३–एम५ को पाँचौ उडान हो । यसले चन्द्रमामा चन्द्रयान–३ जस्ता मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसकै कारण सन् २०२३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक उपग्रह प्रक्षेपण गर्ने पहिलो देश बनेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More