― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsभारतको ‘शान्ति’ विधेयक पास हुँदा पाकिस्तान चिन्तित

भारतको ‘शान्ति’ विधेयक पास हुँदा पाकिस्तान चिन्तित



४ पुस, काठमाडौं । भारतका दुवै सदनबाट ‘शान्ति’ विधेयक पास भएपछि छिमेकी मुलुक पाकिस्तानले चिन्ता व्यक्त गरेको छ । यस विधेयकबाट निजी क्षेत्रलाई न्यूक्लियर इनर्जीमा लगानी गर्न अवसर मिल्ने दाबी सार्वजनिक भएपछि पाकिस्तानले चिन्ता व्यक्त गरेको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले विहीबार साप्ताहिक प्रेस ब्रिफिङमा भने, ‘भारतमा परमाणु सुरक्षासँग सम्बन्धित घटनाको इतिहासलाई मध्यनजर गर्दै हामीले नजिकबाट निगरानी गरिरहेका छौं ।’

उनले भने, ‘१९९० को दशकदेखि अहिलेसम्म रेडियोएक्टिभ सामग्रीको चोरी र अवैध बिक्रीका घटना सार्वजनिक भइरहेका छन् ।’ यद्यपि प्रवक्ता ताहिरले यी घटना कहाँ भएका हुन् भनेर खुलाएनन् ।

उनका अनुसार संवेदनशील परमाणु सामग्री र त्यससँग जोडिएका जानकारीको लासगि निजी क्षेत्रको सहभागिता चिन्ताको विषय हो । उनले भनेका छन्, ‘यसबाट निजी व्यक्तिहरुको संवेदनशील परमाणु सामग्रीसम्म पहुँच रोक्नका लागि भइरहेको विश्वको प्रयासमा चुनौतिपूर्ण हुनसक्छ ।’ उनले यस प्रकारका कुनै पनि परिस्थितिबाट जोगिनका लागि पर्याप्त सुरक्षा उपाय अपनाइने विश्वास व्यक्त गरे ।

भारतका नरेन्द्र मोदीले भने यस कानुनबाट स्वच्छ ऊर्जाको भविष्य बलियो हुने दाबी गरेका छन् । ‘शान्ति’ विधेयक संसदबाट पास भएपछि उनले मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘यो विधेयकले एआईलाई सुरक्षित रुपमा ऊर्जा दिनेदेखि लिएर हरित उत्पादनलाई बढावा दिनेसम्म र विश्वका लागि स्वच्छ ऊर्जाको भविष्यलाई बलियो बनाउने छ ।’

उनले यसबाट निजी क्षेत्र र युवाहरुका लागि अवसरको नयाँ ढोका खुल्ने उल्लेख गरेका छन् ।





Read More