― Advertisement ―

Tubi मा USA बनाम पाराग्वे कसरी हेर्ने (यो नि:शुल्क छ)

तपाईँले Tubi मा संयुक्त राज्य अमेरिका विरुद्ध पाराग्वे हेर्न सक्नुहुन्छ, जुन १२, २०२६ मा अहिले नि:शुल्क स्ट्रिमिङ भइरहेको छ। नि:शुल्क स्ट्रिममा प्रि-म्याच, विश्व FA2...
Homeअन्तर्राष्ट्रियभारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु

भारतको तेलंगनामा बस र ट्रक ठोक्किंदा २० जनाको मृत्यु



१७ कात्तिक, काठमाडौं । तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रदान गरिनेछ । यो रकम प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दिइने जनाइएको छ ।





Read More