― Advertisement ―

‘त्यसले स्पष्ट रणनीति बिना, अन्धाधुन्ध रूपमा एआईमा लगानी गर्न अनुवाद गर्नु हुँदैन’: विज्ञहरूले चेतावनी दिन्छन् कि युके फर्महरू एआईमा ठूलो खर्च गरिरहन चाहन्छन् –...

उत्पादकता र निर्णयभन्दा ठूलो काम हो। लाभप्रदताअगुवाहरू गैर-वित्तीय ROI मापन गर्न विश्वस्त छैनन्, यद्यपिकार्यकर्ता अपस्किलिङ र काम विशिष्टताको पुन: परिभाषालाई प्राथमिकतामा राख्नुपर्छ KPMG ले...
Homeअन्तर्राष्ट्रियभारतको छत्तिसगढमा यात्रुबाहक र मालबाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते

भारतको छत्तिसगढमा यात्रुबाहक र मालबाहक रेल ठोक्किँदा ६ जनाको मृत्यु, १२ घाइते



१८ कात्तिक, काठमाडौं । भारतको छतिसगढको बिलासपुरस्थित लाल खदान क्षेत्रमा प्यासेन्जर र मालबाहक रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बिलासपुर-कटनी खण्डको लाल खदान क्षेत्र नजिकै कोरबा यात्रुवाहक रेल रोकिएको मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको हो ।

यात्रुबाहक रेल मालबाहक रेलमा ठोक्किँदा रेलका धेरै डिब्बाहरू पटरीबाट उछिट्टिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई रेल ठोक्किएपछि रेलको ओभरहेड तार र सिग्नल प्रणालीमा गम्भीर क्षति पुगेका कारण उक्त रुटमा रेल सञ्चालन अवरुद्ध भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More