― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsभागदौड घटनाबारे तमिल सुपस्टार विजयले सीबीआईसँग के भने ?

भागदौड घटनाबारे तमिल सुपस्टार विजयले सीबीआईसँग के भने ?


राष्ट्रिय

समाचार.

  • दक्षिण भारतीय सुपरस्टार विजय सोमबार दिल्लीस्थित सीबीआई मुख्यालयमा करुर भागदौड प्रकरणमा बयान दिन पुगेका छन्।
  • विजयले भागदौड मच्चिनुमा आफू र आफ्नो पार्टी टीभीकेको कुनै संलग्नता नरहेको बताएका छन्।
  • सीबीआईले घटनाको अनुसन्धान गर्दै विजय र अन्य टीभीके पदाधिकारीहरूको बयान मिल्ने नमिल्ने जाँच गरिरहेको छ।

२८ पुस, दिल्ली । दक्षिण भारतीय सुपरस्टार तथा तमिलगा वेत्रि कझगम (टीभीके) का अध्यक्ष विजय सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) मा उपस्थित भएका छन् ।

तमिल सुपरस्टार विजय करुर भागदौड प्रकरणमा बयान दिन दिल्लीस्थित सीबीआईको केन्द्रीय मुख्यालय पुगेका हुन् ।

२७ सेप्टेम्बर २०२५ मा विजयले पार्टी घोषणा गर्न आयोजित वृहत् सभामा भागदौड मच्चिएको थियो । उक्त घटनामा ४१ जनाको मृत्यु भएको थियो भने ६० भन्दा बढी घाइते भएका थिए ।

चार्टर्ड विमानमार्फत् सोमबार सीबीआई मुख्यालय पुगेका विजयले बयानका क्रममा भागदौड मच्चिनुमा आफ्नो संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै उनले घटनामा आफ्नो पार्टी टीभीके र पदाधिकारीको पनि भूमिका नरहेको बताएका छन् ।

विजयका समर्थकहरूको सम्भावित भीडलाई ध्यानमा रार्ख्दै सीबीआई मुख्यालय बाहिर बाक्लो मात्रामा दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

दक्षिण भारतमा अपार चर्चा कमाएका विजय उक्त पार्टी घोषणा सभामा हजारौं मानिस उपस्थित भइसक्दा पनि ढिलो पुगेका कारण भागदौड मच्चिएको आरोप लागेको थियो ।

उक्त आरोपमा जवाफ दिँदै सीबीआईसँग विजयले भनेका छन्, ‘कार्यक्रम स्थलमा मेरो उपस्थितिले झन् भागदौड र विवाद बढ्न सक्ने महसुस भएपछि म त्यहाँबाट बाहिरिएको हुँ ।’

यसअघि सीबीआई घटनाबारे बयानका लागि बोलाउँदा टीभीके पदाधिकारीहरूले पनि सोही अडान लिएका थिए । तर, घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले पनि विजय सभामा ढिला पुग्दा भागदौड भएको निष्कर्ष उच्च अधिकारीहरू समक्ष राख्दै आएका छन् ।

सीबीआईले अनुसन्धान अधिकृतको विवरणसँग अभिनेता विजय र उनका पार्टीका अन्य पदाधिकारीहरूको बयान मिल्ने नमिल्ने जाँच गरिरहेको जनाएको छ ।

विजयसँगै पार्टी नेता आधव अर्जुन र निर्मल कुमार पनि सीबीआई मुख्यालय पुगेका थिए ।

सर्वोच्च अदालतको आदेश अनुसार पूर्वन्यायाधीश अजय रस्तोगीको निगरानीमा घटनाको छानबिन भइरहेको छ ।

घटनाको सोधपुछका लागि पूर्व एडीजी एस. डेविडसन देवासिरवाथमलाई पनि चाँडै सोधपुछका लागि बोलाउने सम्भावना रहेको बताइएको छ ।

यसअघि सीबीआईले यस प्रकरणमा टीभीकेका अन्य पदाधिकारीहरूसँग पनि सोधपुछ गरेको थियो ।





Read More