― Advertisement ―

NordVPN 100 Tbps विश्वव्यापी क्षमताको साथ VPN भीड-घण्टा ढिलो समाप्त गर्न चाहन्छ

NordVP को विशाल नेटवर्क घोषणा गरेको छ। क्षमतायसको विश्वव्यापी समग्र क्षमताले अब १०० Tbps नाघेको छयसको मतलब भीडको समयमा पनि अझ स्थिर प्रदर्शन हुनुपर्छNordVPN...
Home‘भाइरल तरकारीवाला’ले झुटो प्रचार गरेको भन्दै आक्रोशमा आए ग्राहक (भिडियो)

‘भाइरल तरकारीवाला’ले झुटो प्रचार गरेको भन्दै आक्रोशमा आए ग्राहक (भिडियो)



काठमाडौं । ‘तरकारीवाला’ भनेर सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण अधिकारीले झुटो प्रचार गरेको भन्दै ग्राहकहरु आक्रोशित भएका छन् । उनको चाबहिलस्थित पसल अगाडि भेला भएका ग्राहकहरु आक्रोशमा आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी नै बोलाउनु परेको थियो ।

सामाजिक सञ्जालमा सयपत्री फूलको माला ६० रुपैयाँमा बिक्री भइरहेको भनेर प्रचार गरेको तर किन्न जाँदा त्योभन्दा निकै महँगो मूल्य भनेको भन्दै आक्रोशमा आएका ग्राहकहरुले पसल तोडफोडमा उत्रिएका थिए ।

सामाजिक सन्जालमा देखिएका भिडियोहरुमा केही व्यक्तिहरुले उनको पसलमा भएका सामान बाहिर फ्याँकिरहेको देखिन्छ भने केहीले त्यसो नगर्न भनेको सुनिन्छ । स्थिति असामान्य भएपछि सो भिडलाई प्रहरीले हटाएको थियो ।

भएको के हो ?

चाबहिलको गणेश मन्दिर नजिक तरकारी पसल सञ्चालन गरेका कृष्णले तिहारलाई लक्षित गरी फूलका माला पनि बिक्रीमा राखेका थिए । आफ्नो पसलमा राम्रो र सस्तो माला पाइने भन्दै उनले टिकटकमा भिडियो पोष्ट गरेका थिए ।

एक ग्राहकका अनुसार उनले माला प्रतिगोटा ६० रुपैयाँमा बिक्री गरिरहेको भनेर पनि प्रचार गरेका थिए । त्यो प्रचारमा विश्वास गरेर धेरै ग्राहकहरुको भिड उनको पसल अगाडि जम्मा भएको थियो । तर उनले एउटा मालाको मूल्य ४/५ सय हो भन्न थालेपछि विवाद सुरु भएको थियो ।

हेर्नुहोस् विवादको एक भिडियो-

त्यही क्रममा केहीले पसलमा आक्रमण गरेको र केहीले त्यहाँ भएका सामान बाहिर फ्याँकेको एक प्रत्यक्षदर्शीले बताए । भिडको आक्रोश थेग्न नसकेपछि उनले पसलको सटर बन्द गर्नु परेको थियो ।

त्यहाँको अवस्थाले वरपरका अरु पसल सञ्चालकहरु पनि प्रभावित भएका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरी नै बोलाउनु परेको थियो ।

उनको पसलमा फूलको माला सस्तो पाइन्छ भन्ने सुनेर गोकर्णबाट चाबहिल आएकी एक महिलाले भनेकी छन्, ‘उसले पनि ठेक्कामै लिएको होला, बरु डेढ सय–दुई सयमा दिनु, खुसी बनाइएर पठाएको भए यति हुने नै थिएन ।’

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More