६ कार्तिक, बुटवल । भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।
बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो ।
राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल–१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।
उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।
केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

