― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsभन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल

भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल


राष्ट्रिय

समाचार.

  • अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जान लागेको र नियमावली मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पुगेको जानकारी दिए।
  • खनालले भन्सार ऐनमा दण्ड धेरै चर्को भएको गुनासो भए पनि दण्ड नपर्ने अवस्था बनाउन निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गर्ने बताए।
  • अर्थमन्त्रीले भन्सार प्रशासन सुधार र व्यापार सहजीकरणका लागि सुधार रणनीति छिटो ल्याएर कार्यान्वयन गर्ने योजना रहेको उल्लेख गरे।

१२ माघ, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् ।

मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको जानकारी दिए । उनका अनुसार, भन्सार ऐनलाई पूर्ण रूपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्नेछ ।

‘केही लामो समय लागेकै हो । मेरो विचारमा त्यो आज साझ सम्ममा मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पूरा गरेर नियमावली पास हुनेछ,’ उनले भने ।

भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरू आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थिति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए ।

भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । उनले भने, ‘त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्छ ।’

अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । उनले आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको समेत बताए ।





Read More