१७ माघ, बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सय बढी जनशक्ति खटाइने भएको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना जनशक्ति खटाइने भएको हो ।
निर्वाचनमा जनशक्ति परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । माग गरिएको विवरण आएपछि मतदान केन्द्रको जिम्मेवारी पनि तोकिने उनले बताए ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् ।
५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जनाको दरले कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
सुरक्षा दृष्टिले बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

