― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsबैतडीका डाँडापाखामा हिउँ, किसान खुसी (तस्वीरहरू) – KhabarHost

बैतडीका डाँडापाखामा हिउँ, किसान खुसी (तस्वीरहरू) – KhabarHost



१० माघ, बैतडी । बैतडीमा हिमपातसहित वर्षा भएको छ । शुक्रबार राति यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको छ ।

जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायतका क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा पनि वर्षा भएको छ ।

असोज महिनादेखि वर्षा नभएर खडेरी परेका बेला शुक्रबार भएको हिमपात र वर्षाले यहाँका किसानहरुमा भने खुसीयाली छाएको छ ।

लामो समयदेखि वर्षा नहुदा हिउँदे बाली प्रभावित हुदै आएको थियो । चार महिनापछि वर्षा भएकाले गहुँ बाली सप्रिने बैतडीको पाटन- १० का स्थानीय दल बहादुर बिष्टले बताए । उच्च लेकाली भेगमा आलु लगाउनको लागि पनि सहज हुने उनले बताए ।

जिल्लामा २५ हजार ७०० हेक्टर जमिनमा खेती गरिदैँ आएको छ । जसमा १० हजार ९०० हेक्टर क्षत्रफलमा मात्रै सिंचाई सुविभा पुगेको छ । यहाँका अधिकांस जमिनमा आकासे पानीको भरमा खेती गरिँदै आएको छ ।

तस्वीर : कृष्ण बिष्ट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More