― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsबुद्ध एयर – KhabarHost

बुद्ध एयर – KhabarHost


दुर्घटना भएको बुद्ध एयरको विमान ।



१९ पुस, काठमाडौं । बुद्ध एयरले भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बुद्ध एयरले शनिबार दुर्घटनाको अपडेट दिँदै घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज रन–वे बाहिर जाँदा दुर्घटनामा परेको थियो ।

जहाज दुर्घटना हुँदा सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किसकेका एयरलाइन्सले जनाएको छ । उक्त विमानमा ५१ जना यात्रु सवार थिए ।

एयरलाइन्सले दुर्घटनाको समयमा उद्दार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, उड्डयन प्राधिकरण र बुद्ध एयरका कर्मचारीहरू प्रति आभार पनि व्यक्त गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More