― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
HomeLatest newsबीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत

बीपीएल अक्सनमा सन्दीप लामिछानेसहित ५ खेलाडी सूचीकृत


राष्ट्रिय

समाचार.

  • नेपालका पाँच खेलाडीहरू बंगलादेश प्रिमियर लिगको आगामी सिजनको खेलाडी अक्सनमा सूचीकृत भएका छन्।
  • सन्दीप लामिछाने क्याटेगोरी बीमा, दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा सूचीकृत भएका छन्।
  • आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा परेका छन् र अक्सनबाट टिमले अनुबन्ध गरेमा खेल्ने मौका पाउनेछन्।

११ मंसिर, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।

नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् ।

दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी मा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा समावेश भएका छन् ।

नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् । उनी बीपीएलमा अनुबन्ध हुने बलिया दाबेदार हुन् ।

अलराउन्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहेका छन् । विकेटकिपर ब्याटर आसिफ शेख, तीब्र गतिका बलर सोमपाल कामी र युवा अलराउन्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा परेका छन् ।

यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन्। बीपीएल विश्वका चर्चित टी-२० लिगहरूमध्ये एक हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More