राष्ट्रिय
समाचार.
- सलमान खानले होस्ट गर्ने भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ को विजेता आज घोषणा हुँदैछ।
- कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले प्रसारण हुनेछ र ओटीटीमा जियो सिनेमा र डिज्नी लाइभमा उपलब्ध हुनेछ।
- फिनालेमा ५ फाइनलिस्ट गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धा गरिरहेका छन्।
मुम्बई । सलमान खानले होस्ट गर्ने चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ ले आज विजेता पाउँदैछ । कलर्स टिभीमा प्रसारण हुने शो नेपाली दर्शकमाझ पनि चर्चित छ ।
आइतबार राती सलमानले विजेताको नाम घोषणा गर्नेछन् । नेपाली दर्शकले कलर्स टिभीमा राती १० बजेर ४५ मिनेटदेखि ग्रान्ड फिनाले हेर्न पाउनेछन् भने ओटीटी दर्शकले जियो सिनेमा र डिज्नी लाइभमा हेर्न पाउनेछन् ।
उपाधिका लागि ५ जना फाइनलिस्ट प्रतिस्पर्धामा छन् । गौरव खन्ना, अमाल मलिक, तान्या मित्तल, फरहाना भट्ट र प्रणित मोरे प्रतिस्पर्धी छन् ।
२४ अगस्ट, २०२५ देखि सुरु शोको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा नृत्य र सांगीतिक कार्यक्रमहरू पनि आयोजना हुने जनाइएको छ ।
पुरस्कार राशिको घोषणा भएको छैन । अघिल्ला सिजनमा विजेतालाई करिब ५०/५५ लाख भारु र ट्रफी दिइने गरिएको थियो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

