― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsबास्केटबल यू-१२ गर्ल्समा एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा – KhabarHost

बास्केटबल यू-१२ गर्ल्समा एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिमले १२औं एक्सेल्सियर कपको यू–१२ गर्ल्स सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल तथा सिनियर गर्ल्समा एक्सेल्सियर र रिब्सले सेमिफाइनल खेल्नेछन्।
  • यू–९ फुटसल सेमिफाइनलमा एक्सेल्सियर (रातो), एक्सेल्सियर (नीलो), काष्ठमण्डप र कोहिनुरबीच प्रतिस्पर्धा हुनेछ।

२० माघ, काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यू–१२ गर्ल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

स्वयम्भूस्थित घरेलु कोर्टमा मंगलबार भएको खेलमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई ४–० ले पराजित गर्‍यो। एक्सेल्सियरकी सम्भावी अधिकारीले २ अंक जोडिन्।

अर्को खेलमा स्वर्णिमले एक्सेल्सियर (नीलो) लाई १०–२ ले हरायो। स्वर्णिमकी पलिस्था हाडाले ४ अंक जोडिन्।

समूह ‘ए’ को विजेताका रूपमा एक्सेल्सियर (यल्लो) तथा समूह ‘बी’ को विजेताका रूपमा स्वर्णिम सेमिफाइनलमा पुगेका हुन्। दुवै समूहका उपविजेता टोलीको टुंगो लाग्न बाँकी छ।

बास्केटबलकै सिनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ भने सेमिफाइनल समीकरण पूरा भइसकेको छ।

सिनियर ब्वाइजतर्फ रेडियन्ट पब्लिक र संस्कृति इन्टरनेसनल स्कुल तथा पुष्पसदन र राराहिलबीच सेमिफाइनल हुनेछ।

सिनियर गर्ल्सतर्फ एक्सेल्सियरले रेडियन्ट पब्लिकसँग तथा रिब्सले ल्यान्डमार्क एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

फुटसल

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–९ उमेरसमूहमा सेमिफाइनल समीकरण तयार भएको छ। साथै यू–११, यू–१३ र यू–१६ उमेरसमूहमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको छ।

यू–९ को सेमिफाइनलमा एक्सेल्सियर (रातो) र एक्सेल्सियर (नीलो) तथा काष्ठमण्डप र कोहिनुरबीच प्रतिस्पर्धा हुनेछ।

यू–११ तर्फ रिब्स, जोन डेवी, न्यु एरा एकेडेमी, संस्कृति, राई स्कुल, सेक्रेड हार्ट, काष्ठमण्डप विद्यालय र एक्सेल्सियर (नीलो) क्वाटरफाइनलमा पुगेका छन्।

यू–१३ मा एक्सेल्सियर (यल्लो), जोन डेवी, कोहिनुर, एलआरआई, काष्ठमण्डप, रेडियन्ट पब्लिक, हार्टल्यान्ड र रिब्सले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

यू–१६ तर्फ ह्वाइट हेभेन, रिब्स, न्यु एरा, एलआरआई, न्यु अरुणोदय, बोधीसत्व, किड्स लर्निङ र एक्सेल्सियर (नीलो) क्वाटरफाइनलमा पुगेका छन्।





Read More