― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsबालेन स्टाइलमा फोटो सार्वजनिक गर्दै प्रकाश सपुतले गृहजिल्लाबाट थाले चुनाबी यात्रा  

बालेन स्टाइलमा फोटो सार्वजनिक गर्दै प्रकाश सपुतले गृहजिल्लाबाट थाले चुनाबी यात्रा  



१७ माघ, बागलुङ । पुस १९ गते शनिबार आठौं बागलुङ महोत्सवमा दर्शकलाई आफ्ना गीतबाट नचाएका कलाकार प्रकाश सपुत आज शनिबार फरक शैलीमा गृह जिल्ला आएका छन् ।

विगतमा मेला महोत्सवको मौका पारेर गृह जिल्ला आउने गरेका प्रकाश यसपटक भने चुनावका लागि भोट माग्न आएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्रबाट चुनावी अभियान शुरु गरेका छन् ।

गृह जिल्ला बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोट धाममा रहेको ५ हजार ५ सय ५५ किलोको महाघण्ट अघि बालेन स्टाइलमा कालो पोशाक लगाएको तस्विर सार्वजनिक गरेका छन् ।

उनले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भने, ‘यो सांकेतिक तस्विर हो, मेरो चुनावी यात्रा औपचारिक रुपमा गृह जिल्लाबाटै शुरु भयो, त्यही पनि पञ्चकोटको आशीर्वाद लिएर । अब देशव्यापी अभियानमा पुग्छु ।’

उनले थपे, ‘राजनीतिक अस्थिरताको अन्त्य भएर, स्थिर सरकार बनोस् भन्ने सपना र लक्ष्यसँगै नयाँ यात्रामा निस्केको छु ।’

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा जन्मेका प्रकाश पहिलोपटक राजनीतिक यात्राका लागि बागलुङ आएका हुन् ।

बागलुङ क्षेत्र नम्बर एकका रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्कालाई भोट माग्दै पश्चिम बागलुङको दुई नम्बर क्षेत्रमा पुग्ने सपुतले बताए ।

उनले बझाङ र अछाममा आफू खटिएको जानकारी दिँदै गृह जिल्लाबाट आवश्यकता अनुसार अन्य जिल्लामा पनि जाने योजना सुनाए ।





Read More