― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsबालेन शाह अब रास्वपाको वरिष्ठ नेता – KhabarHost

बालेन शाह अब रास्वपाको वरिष्ठ नेता – KhabarHost



२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएको हो ।

प्रवक्ता मनिष झाका अनुसार, आइतबार बसेका पार्टीका दुईवटा छुट्टाछुट्टै केन्द्रीय समिति बैठकबाट ३३ जना केन्द्रीय सदस्यहरू मनोनीत गरिएको छ ।

विवेवशील साझा र बालेन पक्षका गरी ३३ जना केन्द्रीय सदस्यलाई मनोनीत गरिएको हो । त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो ।

रास्वपाको विधान अनुसार उपसभापतिमा एक महिला सहित तीन जना हुने व्यवस्था छ । विधानको यही व्यवस्था कार्यान्वयन भए तीन मध्ये एक जना महिला उपसभापति हुनुपर्नेछ ।

हाल कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले उपसभापति छन् । तीन जनामा महिला उपसभापति नभएको हुँदा रास्वपाले विधान संशोधन गर्नुपर्ने भएको छ । उज्यालो नेपाल रास्वपासँग एकता हुँदा कुलमानलाई उपसभापति पद सहित भिर्त्याइएको थियो ।

विधान अनुसार महामन्त्री एक जना हुने प्रावधान छ । आज बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री पदमा एक जना थप्ने निर्णय गरेको छ । हाल रास्वपाको महामन्त्री कविन्द्र बुर्लाकोटी छन् । एक महिला सहित सहमहामन्त्री तीन जना हुने विधानको व्यवस्था छ । सहमहामन्त्री एक जना थप्ने निर्णय गरिएको छ । एक महिला सहित तीन जना हुने सहमहामन्त्रीमा सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि वीपीनकुमार आचार्य मात्रै सहमहामन्त्री छन् ।

सहप्रवक्ता पनि एक जना थप्ने निर्णय गरिएको छ । फरक लिङ्गसहित सहप्रवक्ता हुने व्यवस्था अनुसार हाल प्रतिभा रावल र रमेश प्रसाईं उक्त जिम्मेवारीमा छन् । रास्वपाको विधान अनुसार २५ जना पदाधिकारी हुने व्यवस्था छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More