― Advertisement ―

नासाले अन्तरिक्ष यान कम्प्युटर बनाएको छ जसले उडानको बीचमा तीनवटा प्रणाली गुमाउन सक्छ र अझै पनि पृथ्वीबाट २५०,००० माइल टाढा अन्तरिक्ष यात्रीहरूलाई जीवित राख्न...

द ओरियन स्पेस क्राफ्ट चलिरहेको आठ identical निर्देशनहरू प्रयोग गर्दछ एकैसाथएउटा असफल-सुरक्षित डिजाइनले त्रुटिपूर्ण कम्प्युटरहरूलाई गलत आदेशहरू पठाउनबाट रोक्छट्रिपल रिडन्डन्ट मेमोरीले पहुँचमा एकल-बिट त्रुटिहरू...
HomeLatest newsबालेनले खोलिसके पार्टी कार्यालय – KhabarHost

बालेनले खोलिसके पार्टी कार्यालय – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देश विकास पार्टी नामक दल दर्ता गराइसकेका छन्।
  • बालेनले रास्वपा र उज्यालो नेपालसँग वार्ता सकारात्मक नभए आफैँ पार्टी सञ्चालन गर्ने निर्णय गरेका छन्।
  • उनको पार्टी कार्यालय ललितपुर ज्वागलमा स्थापना गरिएको छ र अफिस सेटअपको काम भइरहेको छ।

११ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बिहीबार विभिन्न राजनीतिक दल र जेनजीका प्रतिनिधिलाई बोलाएर भने– म दलीय राजनीतिमा आएँ ।

यसैको लागि बालेन आफैँ पार्टी सञ्चालन गर्ने या रास्वपा र उज्यालो नेपालसँग मिलेरअघि बढ्ने भन्नेमा अन्योलमा छन् ।

तर, बालेनले दुई दलसँग वार्ता सकारात्मक नभए आफैँ पार्टी सञ्चालन गर्ने निष्कर्ष निकालेर पार्टी कार्यालयसमेत स्थापना गरिसकेका छन् ।

बालेनसहितको संरक्षणमा लौरो चिन्ह नै राखेर निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् । दलका नाम भने देश विकास पार्टी रहेको छ ।

त्यसो त गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा चुनाव लड्दा बालेनले लौरो चुनाव चिन्ह नै पाएका थिए ।

ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय छ । बिहीबार दिनभर बालेन ज्वागलमै रहेको आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर छलफल गरिरहे भने उनीनिकटका केही भने ज्वागलमै रहेको उक्त कार्यालयभित्र डेकोरेसनमा व्यस्त थिए ।

‘ज्वागलमा हाम्रो पूर्वतयारी थियो । सोहीअनुसार यो घर खोजिएको थियो,’ बालेननिकट स्रोतले भन्यो, ‘अब यहीँबाट सबैगतिविधि हुन्छ । अफिस सेटअपको काम थालिएको छ ।’





Read More