― Advertisement ―

DESI परियोजनाले 47 मिलियन ग्यालेक्सी र क्वासारहरूबाट डाटा रेकर्ड गर्‍यो र ब्रह्माण्डको 3D नक्सा बनाएको छ जसले अँध्यारो ऊर्जाको रहस्यहरू खोल्न मद्दत गर्‍यो।

सबैभन्दा ठूला नक्सा 4 लाख र निर्मित 4 लाखहरू प्रयोग गरेर quasarsहजारौं रोबोटिक फाइबर आर्महरूले टाढाको आकाशगंगाहरूबाट प्रकाश खिच्योनयाँ डेटाले अँध्यारो ऊर्जा व्यवहारको बुझाइलाई...
HomeLatest newsबालुवाटार बैठकमा राप्रपाले भन्यो- मुलुकले अर्को विद्रोह भोग्न नपरोस्

बालुवाटार बैठकमा राप्रपाले भन्यो- मुलुकले अर्को विद्रोह भोग्न नपरोस्



१२ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फेरि मुलुकमा अर्को विद्रोह हुन नहुने बताएको छ । बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राप्रपाका नेताहरूले यस्तो बताएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूको छलफल भएको थियो । जहाँ आफूहरूले फेरि अर्को विद्रोह मुलुकले भोग्न नपरोस् भनेर राखेको राप्रपाका नेता राजेन्द्र गुरुङले बताए ।

उनका अनुसार छलफलमा सबैको आफ्नो आफ्नो दृष्टिकोण राखेका छन् । उनी भन्छन्, ‘कसैले अहिलेको संविधान, अहिलेकै व्यवस्था र अहिलेकै प्रणालीको चिन्ता र चासो राखेका थिए ।’

आफूले अरुको बारेमा नभन्ने भन्दै उनले राप्रपाले राखेको विषय सुनाए, ‘अधुरो र अपुरो विद्रोह भयो भने फेरि त्यसलाई पुर्न गराउन मुलुकले अर्को विद्रोह भोग्न नपरोस् ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More