― Advertisement ―

डच अधिकारीहरूले 17 मिलियन बलियो बटनेट सम्झौता यन्त्रहरू भत्काए

Dutch ‑Device‑DeviceManc-Net 200 सर्भरहरू डाउन गरेर Asocks, पहिले नि: शुल्क एन्ड्रोइड VPN एपहरूसँग जोडिएको र रूसी ह्याकिङ फोरमहरूमा प्रचार गरिएको, प्रस्ताव गरिएको आवासीय प्रोक्सीहरू...
HomeLatest newsबागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते


राष्ट्रिय

समाचार.

  • बागलुङको ढोरपाटनमा शुक्रबार राति १० बजे पिकअप दुर्घटना हुँदा २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको छ।
  • दुर्घटनामा चालक २७ वर्षीय दिलबहादुर विक र २४ वर्षीय वसन्त अदै घाइते भएका छन्।
  • पिकअप सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो र उद्धार समयमै गरिएको थियो।

२२ कात्तिक, ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते भएकाहरुको पहिचान खुलेको छ ।

शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ-८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उनको भनाइ छ ।

पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए । उनले भने, ‘अहिले दुर्घटनामा परेका सबैको पहिचान खुल्यो, रातिमा दुर्घटना भएको हुँदा हामी उद्धार गरेर अस्पताल पठाउनतर्फ लाग्यौँ, दुर्घटना भएको केही समयमै खबर पायौँ र उद्धार पनि समयमै भयो, तर एक जनाको घटनास्थलमै मृत्यु भयो, घाइतेमध्ये एक जना घर फर्किसक्नुभयो भने चालक उपचाररत हुनुहुन्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More