― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsबागमती प्रदेशमा लाइसेन्स छाप्ने मेसिन पाँच महिनादेखि थन्कियो

बागमती प्रदेशमा लाइसेन्स छाप्ने मेसिन पाँच महिनादेखि थन्कियो


राष्ट्रिय

समाचार.

  • बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र छाप्न ५ वटा मुद्रण मेसिन खरिद गरी स्थापना गरिसकेको छ।
  • मुद्रण मेसिन सुरक्षण मुद्रण विभागको स्वीकृति नआउँदा प्रयोगमा आउन सकेको छैन।
  • प्रदेश सरकारले चालु आर्थिक वर्षमा लाइसेन्स छपाइका लागि ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

२० कात्तिक, हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्न ५ वटा  मुद्रण मेसिन खरिद गरी स्थापनासमेत गरिसकेको छ ।

एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा सवारी चालक अनुमति पत्र छाप्न सक्ने क्षमता भएका मेसिन हाल प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय मतहतको यातायात कार्यालय एकान्तकुना, ललितपुरमा थन्किएका छन् ।

गत असारमा खरिद गरिएका मेसिन सुरक्षण मुद्रण विभागको अनुमति नआउँदा प्रयोगमा आउन सकेको छैन । बागमतीका यातायात मन्त्री जयराम थापाका अनुसार सवारी चालक अनुमति परीक्षा उत्तीर्ण गरेका तथा नविकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्सको पर्खाइमा रहेका छन् । बागमती प्रदेशको १२ लाख बढी सवारी चालक अनुमतिपत्र  छप्न बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ को ४ वैशाखमा टेण्डर खोलेर करिब पाँच करोड रुपैयाँमा मेसिन खरिद गरेको मन्त्री थापाले बताए । मन्त्रालयले गत साउनभित्रै लाईसेन्स छपाई सुरू गर्ने लक्ष्य लिएको थियो । यसअघि यातायात व्यवस्था विभागले लाइसेन्सको डिजिटल कार्ड छापेर सम्बन्धित यातायात कार्यालयहरुमा पठाउने गरेको थियो ।

विभागले समयमै लाइसेन्स छापेर यातायात कार्यालयहरुलाई उपलब्ध गराउन नसकेको कार्यालयहरुको गुनासो थियो ।

‘आवश्यक राजस्व तिरेर कानुनी प्रक्रिया पूरा गरे पनि लाइसेन्स समयमै नपाउँदा सेवाग्राहीले असुविधा भोग्नुपरेको छ,’ मन्त्री थापाले भने,’ जेनजी प्रदर्शनका क्रममा मन्त्रालय र जिल्ला स्थित केही कार्यालयहरु क्षति भएपनि हामीसँग प्राविधिक तयारी पूरा भइसकेको छ, तर सुरक्षण मुद्रण विभागको स्वीकृति बिना कानुनी अड्चन आउने भएकाले लाइसेन्स छपाइ सुरु गर्न नसकिएको हो ।झसुरक्षण मुद्रण ऐन, २०८१ को  दफा ९ को उप दफा ३ मा भएको व्यवस्था  बमोजिम प्रदेश सरकारले जनतामुखी सेवा प्रवाहलाई सुदृढ बनाउने लक्ष्यसहित मेसिन खरिद गरेर काम अगाडि बढाइएको मन्त्री थापाले जानकारी दिए ।

बागमती प्रदेश सरकारले संघीयसरकारलाई आवश्यक स्वीकृतिका लागि पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन र निर्णय नआएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले भने, ‘जनताको हितका काममा हामी प्रतिबद्ध छौं । आवश्यक अनुमति प्राप्त भए लगत्तै छपाइ प्रक्रिया सुरु गर्नेगरी  तयारी  गरिएको छ ।’

लाइसेन्स छपाइका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ मा ६ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More