― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsबाइकको फोटो खिचेको घटनामा माग्ने बुढाले माफी मागे, भएको के हो ?

बाइकको फोटो खिचेको घटनामा माग्ने बुढाले माफी मागे, भएको के हो ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता केदार घिमिरेले ३ कात्तिकमा हेलमेट लगाएका दुई युवायुवतीको फोटो फेसबुकमा पोस्ट गरी ट्राफिक नियम पालनाको सन्देश दिएका थिए।
  • उनले कमेन्टमा लेखे, ‘यसको उत्तर हो- लुकिङ ग्लास लुज भएर फनफनी घुमिरहेको थियो’ र सामाजिक सञ्जालमा माफी मागेका छन्।
  • धेरैले अनुमति बिना फोटो खिच्नु साइबर अपराध भएको र सामाजिक सञ्जालमा दुरुपयोग नगर्न सुझाव दिएका छन्।

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले ३ कात्तिकमा एउटा फोटो फेसबुकमा पोस्ट गरे । फोटो हेर्दा हेलमेट लगाएका दुई युवायुवतीलाई ट्राफिक प्रहरीले रोकेर केरकार गरेकोजस्तो देखिन्छ ।

क्याप्सनमा उनले लेखेका थिए, ‘दुबैजनाले हेलमेट लगाउँदा पनि रोक्नुको कारण के हुनसक्छ ? अनुमान लगाउनूस ।’ उनले यो क्याप्सनमा ‘ट्राफिक नियम पालना गरौं’ र उनी अभिनित फिल्म ‘जेरी अन टप’ ह्यासट्याग पनि उल्लेख गरेका छन् ।

अनि कमेन्टमा उनले लेखेका थिए, ‘यसको उत्तर हो- लुकिङ ग्लास लुज भएर फनफनी घुमिरहेको थियो ।’

माग्ने बुढाले उक्त पोस्ट गरेपछि सामाजिक सञ्जालमा उक्त फोटोलाई सेयर गर्दै धेरै पेज र व्यक्तिले गलत अर्थ लाग्ने गरि भाइरल तुल्याउन थाले । कतिपयले धरानमा ट्राफिक चेकजाँचको क्रममा एकजना ट्राफिकले आफ्नो श्रीमतीलाई अर्कैको मोटरसाइकलमा भेटेको भनेर पनि लेखे ।

यसरी, उक्त फोटो यथार्थभन्दा पुरै भिन्न रुपमा सेयर हुन लाग्यो । यो घटनाक्रममा माग्ने बुढाले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । आफूले जनचेतनामूलक सन्देशको लागि उक्त फोटो पोस्ट गरेको दाबी केदारले गरेका छन् ।

‘यसबाट हुन गएको मानमर्दनप्रति क्षमाप्रार्थी छु’ उनले लेखेका छन् ।

माग्ने बुढाको यो पोस्टमा धेरैले टिप्पणी गरिरहेका छन् । थोमस तेजु नामक एक प्रयोगकर्ता लेख्छन्, ‘समाजमा भोलि त्यसको प्रभाव के हुन्छ भन्ने सम्मको हेक्का नहुनेले किन बाठो पल्टिनु ? तपाईंको कलाकारिता ठीक छ तर, हर्कत अलि बढी उरेन्ठाउलो ।’

कृष्ण ढकाल लेख्छन्, ‘अरुको फोटो खिचेर सामाजिक सञ्जालमा फिल्म चलाउनको लागि दुरुपयोग गर्नु हजुरजस्तो वरिष्ठ कलाकारलाई शोभा दिँदैन । आगामी दिनमा ख्याल गर्नुहोला ।’ कतिपयले अनुमति बिना फोटो खिच्नु साइबर अपराध रहेको भन्दै माग्ने बुढाको ध्यानाकर्षण गराएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More