― Advertisement ―

अष्ट्रेलिया क्लाउड मिथोसको परीक्षण गर्ने देशहरूमा सामेल हुन्छ ‘हामी उदाउँदो कमजोरीहरू बारे सचेत छौं भन्ने सुनिश्चित गर्न’

अष्ट्रेलियाली सरकारलाई जानकारी दिईरहेको छ कि यो काम गर्दैछ र अन्य अष्ट्रेलियाली सरकारको साथमा काम गर्दैछ। साइबरसुरक्षा कमजोरीहरू।Anthropic's Mythos Preview, Project Glasswing को अंश,...
Homeबाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला



४ कात्तिक, भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् ।

पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।

बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्‍याउने गरेको स्थानीयहरूको भनाइ छ ।

भोजपुर नगरपालिका-५ बोखिमका किसान भीमप्रसाद फुँयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । ‘बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ’, उनले भने, ‘तर्साउन ढुङ्गा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।’

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तलाखेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ ।

समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय किसान गीता कार्कीले बताउनुभयो । किसानले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।





Read More