― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsबल बाई बलको पूर्वसूचना दिन भारतबाटै आएको थियो गिरोह – KhabarHost

बल बाई बलको पूर्वसूचना दिन भारतबाटै आएको थियो गिरोह – KhabarHost



७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न भएको आरोपमा ८ जना भारतीय पक्राउ परे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा बेटिङको बल बाई बलको अग्रिम सूचना दिन भारतबाट काठमाडौं आएको खुलेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले पक्राउ परेका भारतीयले हरेक बलको अग्रिम सूचना दिने गरेको बताए ।

यो समूहले अनलाइनमार्फत बेटिङ खेलाउने गरेको छ । हरेक बलमा उनीहरुले बेटिङ खेलाउँछन् ।

भारतमै बसेर यो समूहका व्यक्तिले बेटिङ खेलाउने गरेका छन् । क्रिकेट रंगशालामा भइरहेको खेलको लाइभ क्रिकिन्फो तथा टेलिभजनमा केही मिनेट ढिलो हुन्छ ।

तत्कालै मैदानको हरेक बलको जानकारी लाइभभन्दा अगाडि नै दिन यो समूह काठमाडौं आएको खुलेको छ ।

‘टीभीको लाइभ फिल्डको लाइभ भन्दा केही ढिलो हुने भएकाले यो समूहले त्यो भन्दा अगाडि नै च्याटमार्फत हरेक बलको जानकारी बेटिङ समूहलाई गराउने र त्यही अनुसार भारतमा रहेको गिरोहले बेटिङ खेलाउने गरेको देखिन्छ,’ एसपी आचार्यल भने ।

हरेक बलमा हुने छक्का, चौकादेखि रन आउट, बोल्डलगायत सबैको जानकारी टिभी लाइभको भन्दा अगाडि नै यो समूहले त्रिविस्थित क्रिकेट रंगशालामा बसेर जानकारी गराउने र त्यही अनुसार बेटिङ गिरोहले बेटिङ खेलाउने गरेको प्रहरीले बताएको छ ।

खेल हेर्न भनेर टिकट काटेर रंगशाला छिरेका उनीहरुले खेल अवधिभर मोबाइलमा बिजी भएपछि प्रहरीले निगरानी बढाएको थियो । त्यसपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हरेक बलको बल बाई बल अग्रिम जानकारी गराउन उनीहरु काठमाडौं आएको खुलेके हो ।

यसरी बल बाई बलको अग्रिम जानकारी गराउने गरेको आरोपमा प्रहरीले भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसललाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरिएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयले खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि पनि अनुसन्धान जारी छ ।





Read More